Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन ।

1639100402411-1639100858.jpg

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा हेटौंडामा भ्रष्टाचार विरुद्ध प्रतिबद्धता हस्ताक्षर संकलन गरिएको छ । नागरिक समाज मञ्च मकवानपुरले डेक नेपालको सहयोगमा बिहीबार हेटौंडास्थित सेवाग्राहीको चाप र आर्थिक कारोबार बढी हुने सरकारी कार्यालयहरुमा कार्यक्रम संचालन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा कार्यालय प्रमुख, कर्मचारीहरु, सेवाग्राही र नागरिक अभियान्ताको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुख भक्तबहादुर भण्डारी, सूचना अधिकारी राजु अर्याल, जिल्ला मालपोत कार्यालय हेटौंडाका प्रमुख रामचन्द्र भण्डारी लगायतले सहज सेवा र भ्रष्टाचार विरुद्ध प्रतिबद्दता जनाउँदै आमनागरिकपनि भ्रष्टाचार रोक्न सचेत हुनुपर्ने बताए ।
‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रतिबद्धता सहित कार्यालय प्रमुख, कर्मचारी, सेवाग्राही, नागरिक अभियान्ताहरुले हस्ताक्षर गरी कार्यालयहरुको परिसरभित्र हस्ताक्षरसहितको फ्लेक्स राखिएको छ । कार्यक्रममा नागरिक समाज मञ्चकी संयोजक रमिला सापकोटा, सदस्य प्रकाश खतिवडा, डेक नेपालका मानबहादुर वाईबा लगायतले भ्रष्टाचार विरुद्ध सरकारी निकाय जिम्मेवार हुनुपर्ने भन्दै आमनागरिक पनि भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलतासाथ सेवा लिनुपर्ने बताए ।
‘हाम्रो अधिकार, हाम्रो भूमिकाः भ्रष्टाचार नगर्नु, नगराउनु’ भन्ने अन्र्तराष्ट्रिय नाराका साथ सरकारी कार्यालयहरुसँग समन्वय गरि नागरिक समाज मञ्चले दिवस मनाएको हो । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हरेक बर्ष डिसेम्बर ९ तारिखमा मनाउँने गरिन्छ ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg