pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

भोलि शुक्रवार (असोज १९ गते) भीटू क्लबमा गायक सविन राईले लाइभ प्रस्तुति दिने

385544234_298665516241870-1696486921.jpg

काठमाडौं–दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा चर्चित गायक सविन राई भोलि शुक्रवार ९असोज १९ गते० लाइभ प्रस्तुति दिने भएका छन् । ‘शुक्रबार ७ बजे क्लबको डोर ओपन हुनेछ । त्यसपछि डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन’, भीटूको व्यवस्थापक मनोज श्रेष्ठले भने, ‘गायक सविन राई रातीको ११ बजे स्टेज चढ्ने र त्यसपछि निरन्तर उहाँको प्रस्तुति रहनेछ ।’ दरबारमार्गमा हालसालै खुलेको यो क्लब निकै आकर्षक छ । यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरकफरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका सञ्चालक कृष्णकुमार बुढाथोकी बताउँछन् । स्वादिष्ट परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने सञ्चालक बुढाथोकीको दाबी छ ।

काठमाडौँको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको व्यवस्थापक श्रेष्ठ बताउँछन् । गायक सविन राई थोरै गीत गाएर धेरैको मनमा बस्ने गायक मध्येमा पर्छन् । सन् २००१ मा उनले निकालेको एल्बमलाई स्रोताले त्यति नोटिस गरेनन् । गायक राईले सन् २००३ मा ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ अत्याधिक चर्चित बनायो । उनी संगीत प्रेमीमाझ लोकप्रिय गायकका रूपामा स्थिापित भए ।

‘सतह’ एल्बमले राईलाई जुन सफलता दिलायो त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीत प्रेमीमाझ सर्वप्रिय छन्। राईले गायका ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’ ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत स्रोतहरूले आज पनि उत्तिकै रुचाइरहेका छन् । जब राई स्टेजमा उक्लिएर यी गीतहरू बेजोड रूपमा गाउन थाल्छन् त्यसपछि त्यहाँको सांगीतिक वातावरण नै बेग्लै हुन्छ । स्रोता एवं दर्शकहरू उनको गीतमा भरपुर इन्ज्वयो गर्छन् । उनलाई सुन्न चाहाने स्रोताको कुनै कमी छैन । स्रोताको यही चासोलाई मध्येनजर गर्दै दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको भीटू क्लबले शुक्रबार असोज १९ गते सविन र फराहो ब्यान्डलाई प्रत्यक्ष संगीतका लागि प्रस्तुत गर्ने भएको हो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...