Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने

FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले दिएकाे जानकारी अनुसार आज बसेकाे जिल्ला कार्यसमिति बैठककाे निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध गराइने भएको हाे । 

"भूकम्पमा परेका पीडित पत्रकार साथीहरुलाई सहयाेग पुर्‍याउने हाम्रो अभिप्राय हाे । पत्रकारिता पेशामा रहेका साथीहरूलाई पीडा परेकाे समयमा सहयाेग गर्नु हाम्रो मानवीय धर्म हाे । रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित सबै पत्रकारलाई पुग्ने गरि प्रेस सेन्टर केन्द्रीय कार्यसमितिमार्फत हामी न्यानाे ज्याकेट उपलब्ध गराउँछाैं ।" अध्यक्ष कार्कीले भन्नुभयो । 

प्रेस सेन्टर ललितपुरका इन्चार्ज सुर्य सुवेदीले दिएकाे जानकारी अनुसार तत्कालीन राज्यपक्षबाट वेपत्ता पारिएका पत्रकार मिलन नेपालीकाे नाममा स्थापित यस बर्षकाे "मिलन नेपाली साहासिक पत्रकारिता पुरस्कार" प्रदान गर्नका लागि तीन सदस्यीय छनाैट समिति गठन गरिएको छ ।  समितिमा ललितपुर बार एशाेशियशनका अध्यक्ष अधिवक्ता राम श्रेष्ठकाे संयाेजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।  

काेराेना महामारीको समयमा पनि प्रेस सेन्टर ललितपुरले पत्रकारहरुलाई सहयाेग पुग्ने गरि माक्स, सेनिटाइजर, प्रेस ज्याकेट, खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराएकाे थियाे । 
"संस्थागत रुपमा सहयाेग गर्दा आपतमा परेका साथीहरूलाई ठूलाे काम हुन्छ । गत वर्ष पनि हामीले जिल्लामा क्रियाशील प्रेस सेन्टरका पत्रकार साथीहरूलाई  न्यानाे ज्याकेट उपलब्ध गराएका थियाैं । याे वर्ष भूकम्प पीडितलाई सहयाेग गर्ने निर्णय भएको हाे ।" सचिव दिपक अर्यालले भन्नु भयाे ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg