himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

भुमिहीन तथा सुकुम्बासीलाई निस्सा वितरण कार्य रोक्न गाँउपालिकामा निकुञ्ज कार्यालयको परिपत्र

FB_IMG_1683721264054-1683721330.jpg

मनहरी गाँउपालिका भित्र रहेको भुमिहीन तथा सुकुम्बासीहरुलाई तत्काल निस्सा वितरण नगर्न निकुञ्ज कार्यालयले परिपत्र गरेको छ ।

गाँउपालिकाको केहि वडाहरुमा भुमिहीन तथा सुकुम्बासीहरुलाई निस्सा वितरण कार्य सुरु गरे संगै पर्सा रष्ट्रिय निकुञ्जले तत्काल वितरण कार्य रोक्न मनहरी गााउपालिकालाई सोमबार अर्थात २५ गते सुचना पठाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ बमोजिम निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्रको राष्ट्रियय वन क्षेत्रको जग्गा दर्ता गर्न नपाइने , कुनै व्यक्तिको हक प्राप्त नहुने , र पुर्वाधार विकासको लागि नेपाल सरकारको निर्णय बमोजिम बाहेक भु– उपयोग नहुने भन्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्रको जग्गाको निस्सा वितरण नर्गन पर्सा राष्ट्रिय निकुञ्जले परिपत्र गरेको हो ।

हाल गाउँपालिकाको ७ , ८ नम्बर वडा लगाएत केहि वडाहरुमा निस्सा वितरण गरि सकिएको छ भने अन्य वडामा निस्सा वितरण गर्ने तयारी गाँउपालिकाले गरेको थियो ।

भुमिहीन तथा सुकुम्बासीहरुले लाल पुर्जा प्राप्तका लागि निस्सा वितरण गरिरहेको समयमा निकुञ्जले वितरण कार्यमा रोक लगाउन परिपत्र गरे पछि मनहरीमा लामो समय देखि बसोबास गर्दैै आइरहेका भुमिहीन तथा सुकुम्बासीहरु निरास भएका छन ।

गााँउपालिकाले भुमिहिनहरुलाई लाल पुर्जा वितरणका लागि विभिन्न प्रक्रिया पुरा गरि निस्सा वितरण गरिरहेको बेलामा निकुञ्जले अवरोध सिजर्ना गरे पछि लाल पुर्जा पाईन्छ भनेर आशा गरेर बसिरहेका सुकुमबासीहरुमा झन् पीडा थपिएको छ ।

यस विषयमा मनहरी गाँउपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले निकुञ्जको चिठीले निस्सा वितरणमा कुनै असर नहुने बताए ।

बुधबार नमस्ते मनहरीले यस विषयमा लिएको प्रतिक्रियामा अध्यक्ष कालाखेतीले निस्सा विरतण भनेको भुमिहिन र सुुकुम्बासीहरुको सख्या यकिन गर्नु मात्र रहेको बताउदै निस्सा वितरण नरोकिने बताए ।

त्यसै गरि बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जमरकटेलसंग पनि भुमिहिन सुकुम्बासी निस्सा बितरण सम्बन्धमा निकुञ्जले पारेको समस्याको बारेमा बुधबार सकारात्क छलफल भएको जानकारी दिए ।

मुख्यमन्त्रि जमरकटेलले केन्द्र सरकारसंग आवश्यक समन्वय गरि समस्याको समाधान गरिने प्रतिबद्धता जनाएको अध्यक्ष कालाखेतिीको भनाई छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg