himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

भारतद्वारा १० हजार मेगावाट विद्युत् खरिद सम्झौता स्वीकृत

sdfghd-1693965302.jpg

 २० भदौ २०८०, बुधबार

सचिवस्तरीय हस्ताक्षरपछि कार्यान्वयन हुने

थप १८० मेगावाट किन्न सहमत

यसअघि नेपालले ४५२ मेगावाट बेच्नका लागि अनुमति पाएकोमा अब कुल ६३२ मेगावाट विद्युत् बेच्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका व्रmममा नेपाल र भारतका ऊर्जा सचिवबिच भएको प्रारम्भिक सम्झौतालाई भारतको मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ ।

काठमाडौँ, भदौ २० गते । भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालसँग खरिद गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै नेपालको विद्युत् खरिदमा भारत अनुदार रहेको आशङ्कालाई चिरिएको विचार ऊर्जाविद्हरूको छ ।

गत जेठ १७ मा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जा सचिवबिच भएको प्रारम्भिक सम्झौतालाई भारतको मन्त्रीपरिषद्ले स्वीकृत गरेको ऊर्जा, जलस्रोत तथा सिँचााइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पुष्टि गर्नुभयो ।

नेपालको विद्युत् बजारलाई दीर्घकालीन सुनिश्चितता प्रदान गर्ने गरी प्रारम्भिक सम्झौता गरिएको थियो । सो सम्झौतालाई तत्काल अन्तिम रूप दिने भनिएकामा मन्त्रीपरिष्दको निर्णयको प्रतीक्षा हुँदै आएको थियो । 

ऊर्जा सचिव घिमिरेका अनुसार अब १० हजार मेगावाट विद्युत् निर्यातका लागि नेपाल र भारतका ऊर्जा सचिवबिच अन्तिम सम्झौता हुन बाँकी छ । “अब हामी भारतको विद्युत् मन्त्रालयका सचिवलाई नेपाल आमन्त्रण गरेर अन्तिम सम्झौता गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “दुवै पक्षको अनुकूल समय मिलेमा असोजभित्र सम्झौता हुने छ ।” उहाँका अनुसार जलविद्युत्को उत्पादन, विस्तार र निर्यात संरचना व्रmमिक रूपमा विकास हुँदै गर्दा भारतमा विद्युत्को निर्वाध व्यापार हुने सुनिश्चितता बढेको छ ।

पछिल्ला वर्ष नेपालमा भारतीय लगानीमा जलविद्युत् आयोजना निर्माण हुने व्रmम बढेको छ । भारत सरकारको स्वामित्वको सतलज जलविद्युत् निगमको लगानीमा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य आधाभन्दा बढी सम्पन्न भइसकेको छ भने तल्लो अरुण पनि भारतीय सरकारी कम्पनीले नै निर्माण गर्न तय भइसकेको छ । 

माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि भारतकै कम्पनी जिएमआर वित्तीय व्यवस्थापनको अन्तिम कसरतमा छ । यसबाहेक एसआर सिक्स र पश्चिम सेती जलविद्युत् आयोजना बनाउन पनि भारतीय कम्पनीले लगानी बोर्डको समन्वयमा अध्ययन गरिरहेका छन् । 

भारतीय लगानीमा नेपालमा ठुला जलविद्युत् आयोजना बन्न थालेपछि भारतले पनि यस्तो सम्झौताको अपेक्षा गर्दै आएको हो । सम्झौता ती आयोजनाको विद्युत्समेत भारत पु¥याउने गरी हुन लागेको सचिव घिमिरेले जानकारी दिनुभयो । 

अहिले अल्पकालीन रूपमा नेपालबाट इन्डियन इनर्जी एक्सचेन्जमा ४५२ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भई निर्यात भइरहेको छ भने थप आयोजनालाई पनि निर्यातको अनुमति दिन नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयलाई एक वर्ष पहिलेदेखि पत्राचार गर्दै आएको छ तर हालसम्म स्वीकृत हुन सकेको छैन । मध्यकालीन निर्यात रणनीति अनुसार हालै भारतले थप १८० मेगावाट विद्युत् खरिदका लागि सबै प्रव्रिmया सम्पन्न गरी केही दिनभित्रै सो परिमाणको विद्युत् लैजान तयार भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

सचिव घिमिरेले अन्तिम सम्झौतापछि नेपालको बिजुली भारतीय बजारमा निर्यातका लागि निर्धक्कको वातावरण बन्ने बताउनुभयो । “नेपालको बिजुली भारतीय बजारमा जाने कुरामा अब शङ्का गरिरहनु आवश्यक छैन,” उहाँले भन्नुभयो, “भारत मात्र होइन, अब बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्न अनुकूल वातावरण निर्माण हुँदै छ ।”

नेपालबाट अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत् निर्यात हुँदै आएको छ । आगामी १० वर्षका लागि निर्यातलाई व्यवस्थित गर्ने गरी विभिन्न प्रसारण लाइनहरू निर्माण पनि भइरहेका छन् । अरुण नदीमा बन्ने आयोजनाको विद्युत् निर्यातलाई लक्षित गर्दै चार सय केभी प्रसारण लाइन बनाउन थालिएको छ । कुसाहा–कटैया प्रसारण लाइन संरचनाबाट दुई हजार मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिन्छ ।

न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन पनि निर्यात प्रयोजनकै लागि निर्माण भएको छ । मनैया–सम्पत्तीय, नेपालगन्ज–नानपारा, लम्की–बरेली, परवानीपुर–रक्सौल, महेन्द्रनगर–टनकपुर जस्ता प्रसारण लाइनलाई पनि निर्यात लक्षित गर्दै नयाँ निर्माण तथा क्षमता विस्तारको काम भइरहेको छ ।गोरखापत्र अनलाइन 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg