Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

भगवान कृष्ण पहिलो गणतन्त्रवादी :- मुख्यमन्त्री बानियाँ

FB_IMG_1755450903042-1755450947.jpg

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भगवान कृष्णलाई पहिलो गणतन्त्रवादी रहेको बताएका छन् । 
भगवान कृष्ण जेलमा जन्मेर सामान्य गोठालोको जीवन बिताएर गरिब जनताको हक अधिकारका लागि कंशसंग युद्धसमेत गरेकाले उहाँ पहिलो गणतन्त्रवादी रहेको मुख्यमन्त्री बानियाँले बताए ।
मकवानपुरको थाहा नगरपालिकामा आयोजित ऐतिहासिक घैंटोफोर जात्रालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले वर्तमान गणतान्त्रिक व्यवस्था गरिब जनताको हितका लागि स्थापित भएको बताए । 
गणतन्त्रले प्राचीन संस्कृति र परम्परालाई संरक्षण गर्दै मौलिक पर्वहरू जगेर्नामा प्रदेश सरकार सक्रिय भूमिकामा रहेको उनको भनाई छ ।
’भगवान कृष्ण जेलमा जन्मेर, सामान्य ग्वालाको जीवन बिताउँदै आफ्नै शक्तिशाली मामा राजा कंशविरुद्ध लडेर जनतालाई मुक्ति दिलाउनुभयो,’मुख्यमन्त्री बानियाँले भने, ’त्यसैले मेरो बुझाइमा कृष्ण भगवान् एक गणतन्त्रवादी र गरिब जनताको प्रतिनिधि हुनुहुन्थ्यो। अहिलेको गणतन्त्र पनि उहाँकै व्यवस्था हो । यो गरिबको व्यवस्था हो । कसैले गणतन्त्रबारे गलत व्याख्या गरिरहेको छ भने त्यो केवल गणतन्त्र र गरिबको व्यवस्था मन नपराउनेहरूले मात्र हो ।’ 
मुख्यमन्त्री बानियाँले थाहा नगरको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । थाहा नगरको पर्यटन र पूर्वाधार विकासमा सरकारले विशेष जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे । 
थाहा नगरको पर्यटन प्रवर्द्धनका लागि चित्लाङ–गणेशमान मार्ग र कलङ्की–कुन्छाल सडक स्तरोन्नति भइरहेको उनको भनाई छ । रुपचन्द्र विष्टले निर्माण गरेको ‘विकास घर’को संरक्षण र पुनर्निर्माणका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्था गर्ने मुख्यमन्त्री बानियाँले बताए ।
थाहा नगरको सुरक्षाका लागि सीसीटीभी जडान गरी बजार व्यवस्थापनमा आवश्यक रकम प्रदेश सरकारले उपलब्ध गराउने उनले बताए । आफू कांग्रेसको मात्र नभई सिङ्गो प्रदेशका जनताको मुख्यमन्त्री भएको बताउँदै उनले आफ्नो कार्यकाल गरिबमुखी, गाउँमुखी र विकासमुखी हुने कुरामा जोड दिए ।

श्रीकृष्ण जात्रा मुल आयोजक समितिका संयोजक यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा सम्मान समारोहमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बागमती प्रदेश सरकारले थाहा नगरपालिकाको धार्मिक पर्यटनको लागि सहयोग गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री बाट थाहा नगरपालिकाले बिकासको आस गरेको बताउनुभयो।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमालेका नगर सचीव सुजन रायमाझी,माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,जात्रा मुल समारोह समिती सल्लाहकार अरुण रायमाझी,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,४ का नारायण लामा,६ का राजनभक्त श्रेष्ठ,वडा न ७ का अध्यक्ष शिवराज थिङ,वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान लगायतका उपस्थिति रहेको थियो।
 

FB_IMG_1755450926430-1755450947.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg