Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र पालुङमा भाद्र ८ गते बृहत् रक्तदान कार्यक्रम हुदै
‘मेघा रक्तदान’ नाम दिइएको यस अभियानमा एकैपटक एक लाखभन्दा बढी व्यक्तिले रक्तदान गर्ने लक्ष्य राखिएको छ। लक्ष्य सफल भएमा यो विश्व कीर्तिमान बन्नेछ।

20250818_162916-1755527532.jpg

थाहा (मकवानपुर) —
‘विश्व एकता तथा विश्वासका लागि राजयोग’ भन्ने नाराका साथ राजयोगिनी दादी प्रकाशमणीको १८औँ पुण्यस्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा नेपाल र भारतका ब्रह्माकुमारी केन्द्रहरूमा अन्तर्राष्ट्रिय रक्तदान शिविर सञ्चालन हुने भएको छ।

भदौ ६ देखि ९ गतेसम्म हुने उक्त शिविर नेपालका १२५ स्थानसहित भारतका सयौं केन्द्रमा एकैसाथ आयोजना हुनेछ। आयोजकका अनुसार ‘मेघा रक्तदान’ नाम दिइएको यस अभियानमा एकैपटक एक लाखभन्दा बढी व्यक्तिले रक्तदान गर्ने लक्ष्य राखिएको छ। लक्ष्य सफल भएमा यो विश्व कीर्तिमान बन्नेछ।

मकवानपुर जिल्लाको हेटौंडा, मनहरी र थाहा नगरपालिकामा पनि रक्तदान शिविर सञ्चालन गरिनेछ। थाहा नगरमा भदौ ८ गते पालुङ बहुउद्देश्यीय सभाहलमा कार्यक्रम हुने भएको छ।

शिविर तयारीसम्बन्धी सोमबार थाहा नगरपालिका–१ पालुङमा आयोजित छलफल कार्यक्रममा ब्रह्माकुमारी रेवती दिदी, संयोजक विष्णु दिदी, ब्रह्माकुमार विजय, थाहा नगर उपप्रमुख भरत गोपाली, रक्तदाता स्वयंसेवी समाज मकवानपुर अध्यक्ष सुरेन्द्रमान प्रधान, लायन्स क्लब थाहा अध्यक्ष अनित बिष्ट, उद्योग वाणिज्य संघ अध्यक्ष पुरुषोत्तम ढकाल, पालुङ जेसीज अध्यक्ष माधव कार्की, सञ्चारकर्मी शम्भु अधिकारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष संगम कार्की, खानेपानी बोर्ड निर्देशक सकुन्तला गोपाली, जनकल्याण माविका प्रधानाध्यापक रामकुमार बल, शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझी, इलाका प्रहरी कार्यालय पालुङका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

छलफलमा बोल्ने वक्ताहरूले रक्तदानजस्ता अभियानले सामाजिक ऐक्यबद्धता, मानवता र सेवाभाव बढाउने उल्लेख गरे। आयोजकले स्थानीय तह, संघसंस्था र सर्वसाधारणको सक्रिय सहभागिता अपेक्षा गरेका छन्।

पालुङमा हुने कार्यक्रममा सहभागी हुन इच्छुकले क्यु आर कोड प्रयोग गरेर अनलाइन दर्ता गर्न सक्नेछन्। आयोजक ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा प्रभाग, पालुङ, मकवानपुरका अनुसार सम्पर्क नम्बर ९८४५०१२३३१ वा ९८४५०७०७२१ मा पनि जानकारी लिन सकिन्छ।

20250818_165309-1755527533.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg