himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

बृहत खानेपानी आयोजना :- ६७ किलोमीटर पाइप विछ्याइयो २१ वटा ट्याङ्की निर्माण

FB_IMG_1690733943826-1690733993.jpg

मकवानपुर थाहानगरमा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको काम करिब ७० प्रतिशत सकिएको छ । दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण भइरहेको आयोजना वडा नम्बर १, २, ३ र ४ मा संचालन भैरहेको छ । करिब १ सय किलोमीटर मुख्य पाइपलाईन मध्ये हालसम्म ६७ किलोमीटर पाइप विछ्याइ सकिएको छ भने ३३ वटा पानी ट्याङ्की निर्माण गर्ने लक्ष्य रहेकोमा २१ वटा निर्माण भैसकेको छ ।

थाहा नगरपालिका वडा नम्बर १ मा २१ किलोमीटर मुख्य पाइपलाइन विस्तार गरिएको छ । वडा नम्बर १ मा स्किम–१ अन्तर्गत भाटखोलामा ५० हजार लिटर क्षमताको एउटा ट्याङ्की, स्किम–२ अन्तर्गत केदार गोपालीको घरमाथि २० हजार लिटरको, भुटिङ्गल डाँडा, भवानी घरमाथि र सिस्टन्डडाँडामा ५/५ हजार लिटरको ट्याङ्की निर्माण भएको छ । त्यस्तै वडा नम्बर १ कै स्किम–३ अन्तर्गत एफएम डाँडामा १५ हजार लिटरको एउटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिक प्रकाश पन्तले जानकारी दिए ।

वडा नम्बर २ मा ६ वटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ भने १४ किलोमीटर मुख्य पाइपलाईन विस्तार भएको छ । वडा नम्बर २ मा स्किम–७ अन्तर्गत काफलचौरमा १५ हजार लिटरको ट्याङ्की निर्माण सम्पन्न भएको छ । स्किम–६ अन्तर्गत ल्होत्सेपाखा, भोटखोरिया र ठूलोखोरमा १०/१० हजार लिटरको ३ वटा तथा काइलाबाजेको तगारो र देउराली डाँडामा २०/२० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण सम्पन्न भएको छ ।

थाहा नगरपालिकाको वडा नम्बर ३ मा ५ वटा ट्याङ्की तथा १२ किलोमीटर मुख्य पाइपलाइन विस्तार भएको छ । यस वडामा स्किम–१२ अन्तर्गत बाउन्ने चौर, गुफाडाँडा, गोपाली गाउँमा ५०/५० हजार लिटरको ३ वटा, स्किम–८ अन्तर्गत राम्चे खोलामा एउटा र स्किम–१० अन्तर्गत बाहुनगाउँ माझाचौरमा ५०/५० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण भएको छ । वडा नम्बर ४ मा ४ वटा ट्याङ्कीको काम सम्पन्न भएको छ भने २० किलोमीटर पाइपलाईन विस्तार भएको प्राविधिक पन्तले जानकारी दिए । ४ नम्बर वडाका स्किम–१३ अन्तर्गत आइतबारे डाँडा र तुल्सीचौरमा ५०/५० हजार लिटरको दुईवटा, चौडालपाखामा ३० हजार लिटरको एउटा तथा स्किम–१४ अन्तर्गत भूपिनडाँडामा ५० हजार लिटर क्षमतको एउटा ट्याङ्की निर्माण सम्पन्न भएको छ ।

त्यसैगरी ४ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गर्ने लक्ष्य अनुसार ३ वटाको पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ । स्किम–१२ अन्तर्गत पर्ने बाउन्नेचौर, स्किम–१३ अन्तर्गतको तुल्सीचौर र स्किम–१४ अन्तर्गतको कारुलखोला ट्रिटमेन्ट प्लान्टको निर्माण कार्य सम्पन्न भएको पन्तले बताए । स्किम–८ अन्तर्गतको राम्चेखोला मुहानको ट्रिटमेन्ट प्लान्ट भने निर्माण शुरु भएको उनले जानकारी दिए ।

प्राविधिक पन्तका अनुसार–‘वडागत रुपमा हेर्ने हो भने, वडा नम्बर २ को सबैभन्दा बढि काम सम्पन्न भएको छ भने दोस्रोमा वडा नम्बर ४, तेस्रोमा वडा नम्बर १ र सबैभन्दा कम काम भएको वडा ३ नम्बर रहेको छ ।’ यद्यपि तुलनात्मक रुपमा थाहानगरमा खानेपानीको काम द्रुतगतिमा भैरहेको प्राविधिक पन्तको भनाइ छ । निर्माण व्यसायीको कामको गतिसंगै उपभोक्ताको तर्फबाट पनि संचालन गर्नुपर्ने कार्यलाई क्रमशः अघि बढाउनुपर्ने उनको भनाइ छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg