pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बृहत खानेपानी आयोजना:-नक्सा पुनरावलोकन गर्छौ:-संघीय खानेपानी आयोजना बोर्ड,

329991936_579250750471288-1675924809.jpg

मकवानपुर थाहानगरमा सञ्चालन भइरहेको वृहत्त खानेपानी आयोजनाको काम द्रुत गतिमा भइरहेको र हालसम्मको कार्यप्रगती संतोषजनक भएको पाइयको छ । २५ माघमा खानेपानी आयोजनाको निर्माण कम्पनी ,संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख, थाहानगरपालिका,नगर खानेपानी बोर्ड ,नगर खानेपानी उपभोक्ता समिती आयोजना वडाका अध्यक्ष तथा जनप्रतिनिधि र स्थानिय बिच भएको छलफलमा यस्तो बताइएको हो । थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ का बासिन्दाका लागि निर्माण थालिएको पालुङ वृहत्त खानेपानी आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भएको सुपरभाइजर विकास लामाले जानकारी दिए । उनका अनु्सार १ सय २३ किलोमीटर पाइपलाईन विस्तार गर्ने सम्झौता भएकोमा ३१ किलोमिटर र ५० हजार लिटरको १२ वटा रिजर्भ पानी ट्याङ्कीको निर्माण सक्किसकेको तथा ३ वटा ट्रिटमेन्टप्लान्टको निर्माण अन्तिम चरणमा पुगेको छ । दुईवर्ष भित्र निर्माण सक्ने आयोजनाको लक्ष्य रहेकोमा ठेक्का सम्झौता बमोजिम आयोजना निर्माणमा स्थानीय उपभोक्ता बाट २० प्रतिशत साझेदारी व्यवस्था गर्नुपर्नेमा उपभोक्ता समिती मार्फत श्रमदान गराउन आवश्यक पहल समेत गरिने छलफलका क्रममा जानकारी दिइयो।छलफलमा सहभागी वडा अध्यक्ष हरुले आफ्नो वडामा हाल कार्यान्वयनमा रहेको आयोजना बाट कतिपय घर तथा टोलहरु छुटेको रिपोर्टिङ गरेका थिय। छलफलका क्रममा हाल कार्यान्वयनमा रहेका खानेपानी आयोजनाको रिजर्भ टयाङ्की निर्माणको क्रममा बस्ती ट्याङ्की भन्दा माथी परेको ,पाइप लाईन नजिकका घरहरु छुटेको,जस्ता समस्याको रिपोर्टिङ गर्ने क्रममा आयोजनाको प्राविधिक र निर्माण कम्पनी बिच समन्वय गरि ठेक्का सम्झौतामा असर नपर्ने गरि नक्सा पुनारावलोकन गरिने संघिय खानेपानी तथा ढल व्यवस्थापन बोर्ड हेटौंडा इकाइका सिनियर डिभिजन इन्जिनियर मनिना बैद्धले बताउनुभयो।

छुटियका घर तथा टोलको सम्बन्धमा वडा स्तरीय खानेपानी उपभोक्ता समिती मार्फत विवरण संकलन गरि नगर स्तरिय खानेपानी समिती मार्फत ७ दिन भित्र नगरपालिकालाई लिखित विवरण पेस गर्ने र तेसको लागि नगरपालिकाले आवश्यक समन्वय गरि संघीय खानेपानी तथा ढल व्यवस्थापन बोर्ड समक्ष अनुरोध गर्ने छ। आयोजनाबाट छुट हुन पुगेका गाउँटोलमा खानेपानी विस्तारका लागि तत्काल तथ्याङ्क संकलन गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नगरपालिका र निर्माण व्यवसायीबीच छलफलले निर्णयमा पुग्न सहज भएको नगर प्रमुख विष्टले बताए । ‘अब छिट्टै तथ्याङ्क संकलन गरी बैठक बस्छौं, सबै नगरबासीलाई शुद्ध र गुणस्तरीय खानेपानीको व्यवस्था गरेरै छाड्छौं’ प्रमुख विष्टले भने। बिष्टले तत्कालीन पालुङ गाबिसको साबिक ६ वटा वडाहरुको लागि जारी पालुङ खानेपानी आयोजना लाई पनि यसै आयोजनामा समेटेर लान संघिय खानेपानी तथा ढल व्यवस्थापन बोर्ड लाई अनुरोध गर्ने बताउनुभयो। थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा सम्पन्न बृहत छलफल कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,संघिय खानेपानी तथा ढल व्यवस्थापन बोर्ड हेटौंडा इकाइका प्रमुख मनिना बैद्ध,इकाईका इन्जिनियर सरोज केसी,थाहा नगर खानेपानी बोर्डका अध्यक्ष लवशेर बिष्ट ,नगर खानेपानी उपभोक्ता समितीका अध्यक्ष राजकुमार केसी,वडा अध्यक्षहरु हेरमान गोपाली,बम बहादुर सिङ्तान,नारायण लामा ,वडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरु,लगायत स्थानियको सहभागीता रहेको थियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...