Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बिश्वास नेपालको सामाजिक परिक्षण सम्पन्न

1725034131881-1725034411.jpg

विश्वास नेपालको सामाजिक परीक्षण सम्पन्न
डान्सबार, दोहोरी साँझ, मसाज, स्पा, क्याबिन रेष्टुरेन्ट, खाजाघर लगायतका मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई विश्वास नेपालले गरेको सहयोगको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले खुलेरै प्रशंसा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित विश्वास नेपालको सामाजिक परीक्षण, नवौं अधिवेशन तथा १८ औं साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष पराजुलीले विश्वास नेपालसँग लामो समयदेखि महिला आयोगले सहकार्य गरेको चर्चा गर्दै आगामी दिनमा पनि हरेक अभियानमा सँगै हुने बताउनुभयो ।  त्यस्तै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले विश्वास नेपालले संचालन गरेका परियोजनाका कारण धेरैको जीवनमा परिवर्तन आएको र संस्थाले गरेका कामहरू परिणामको रूपमा देखिएको बताउनुभयो । कार्यक्रममा विश्वास नेपालले आर्थिक वर्ष २०८०–०८१ मा संचालन गरेका परियोजना तथा कार्यक्रमका बारेमा सामाजिक परीक्षक बिएम आचार्यले प्रस्तुति राख्नु भएको थियो । त्यसक्रममा आचार्यले विश्वास नेपालले संचालन गरेका परियोजना तथा कार्यक्रमको प्रभावकारिता, लाभग्राहीको अवस्था बजेट लगायतका विषयमा सहभागीहरुबीच प्रस्तुतिकरण गर्दै छलफल पनि गर्नुभएको थियो । कार्यक्रमा विश्वास नेपालले संचालन गरेका विभिन्न परियोजनाबाट आफूले लाभ लिएको पूजा खड्काले बताउनुभयो । कार्यक्रममा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई मर्यादित श्रमको गन्तव्य बनाउने उद्देश्य राखेर संस्थाले काम गरिरहेको र सामाजिक परीक्षणमा विभिन्न सरोकारवाला निकायसँगै यस क्षेत्रमा कार्यरत श्रमिकले उठाएका आवाजलाई आगामी दिनमा सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । सो कार्यक्रममा  नगरकोट दोहोरी साँझ, सुनौलो दाहोरी साँझ, तृसना दोहोरी साँझ तथा न्यू टाउन डाउन रेष्टुरेन्ट एण्ड वारका संचालक तथा प्रतिनिधिलाई सम्मान पनि गरिएको थियो ।

1725034134935-1725034411.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg