pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

बिश्वकप र चुनावले गर्दा मङ्सिर र पुसमा छैनन् नेपाली फ्लिम।

film_hall_hfUr44R5gT-1665493029.jpg

 आउँदो मङ्सिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चर्चा देशभर छ । चुनावको रौनक बढेसँगै अन्य गतिविधि छायाँमा पर्ने भएकाले फिल्मकर्मीले मङ्सिर र पुसमा चलचित्र (फिल्म) रिलिज नगर्ने भएका छन् । 

चुनाव सम्पन्न भएलगत्तै विश्व कप फुटबल हुने हुँदा दर्शक हलमा नआउने सम्भावना रहने वितरक करण श्रेष्ठ बताउनुहुन्छ । ‘जाडोको समय, चुनावी रौनक, फुटबलसँगै डिसेम्बर महिनामा ठूला विदेशी फिल्म भएकाले प्रदर्शन तय नगरिएको हुन सक्छ’, वितरक श्रेष्ठले बताउनुभयो । 

नेपालमा चुनावभन्दा पनि विश्व कपले बढी असर गर्ने कलाकार रवीन्द्र सिंह बानियाँ बताउनुहुन्छ । निर्मातासमेत रहनुभएका बानियाँले आफूले निर्माण गरेको चलचित्र महापुरुष कात्तिकमै प्रदर्शन तोकिएको बताउनुभयो ।

‘यस अगाडि पनि पुसमा खासै फिल्म रिलिज हुन्थेनन् । मङ्सिरमा भने चुनाव र विश्व कपले नै असर गरेर रिलिज नभएका हुन सक्छ’, कलाकार बानियाँले भन्नुभयो, ‘पछिल्ला केही घटनाले विदेशी ठूला फिल्मसँग प्रतिस्पर्धा गर्न नेपाली निर्माता तयार देखिँदैनन् । हामी प्राथमिकतामै परिरहेका छैनौँ ।’  

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन कोरोना महामारीका कारण रोकिएका फिल्म एकसाथ प्रदर्शनमा आउँदा भिडभाड देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दशैँ तिहारमा नेपाली फिल्मको भिडभाड छ । त्यसपछि मङ्सिर र पुस खाली झैँ छ । माघे सङ्क्रान्तिसँगै नेपाली फिल्मले प्रदर्शन तय गरेका छन् । वितरकसँगकको सल्लाहपछि यो गरिएको हुन सक्छ ।’  

केही समययता मल्टिप्लेक्सले नेपाली चलचित्रलाई प्रदर्शन गर्न नदिएको र समयमै प्रदर्शन अनुमति नखोलेको आरोप फिल्मकर्मीले लगाउने गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रदर्शनमा आउन नपाउनेसँग आफूहरूको कुनै सरोकार नहुने बताउनुहुन्छ । ‘देखिरहेको समस्या सुन्ने निकाए हामी नै हो । यद्यपि हामीले नीतिगतरूपमै यसको समाधान गर्नुपर्छ । बोर्डसँग रहेको अधिकारबाहेक भावनात्मक भएर हामीले केही गर्न सक्दैनौँ र हुँदैन’, अध्यक्ष केसीले भन्नुभयो । 

रासस 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...