pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बिपन्न एकल महिलाहरुको लागि थाहा नगरले व्यावसायिक तरकारी खेती तालिम दियो।

20250308_151304-1741444431.jpg

थाहा नगरपालिकाका २४ जना एकल महिलालाई आयआर्जनका लागि व्यावसायिक तरकारी खेतीसम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको छ । नगरका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले तालीममार्फत आयआर्जन स्वावलम्बन बनाइने योजना बनाइएको हो । 
एकल महिलालाई व्यावसायिक तरकारी खेतीमा आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका महिला बिकास शाखाको आयोजनामा तालीमको आयोजना गरिएको नगर प्रमुख बिष्णु बिष्टले बताए।
उनले एकल महिलालाई विभिन्न स्रोतमार्फत आयआर्जनमा सहयोग गर्दै स्वरोजगार बनाउनुपर्ने आवश्यकता औँल्याए । 
तिन दिने तालीममा बेमौसमी तथा मौसमी तरकारीखेती प्रविधि, नर्सरी स्थापना एवं व्यवस्थापन, तरकारी बाली, यिनका महत्व तथा मूल बीउ उत्पादनसम्बन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा माटो परीक्षण एवं सुधार तथा तरकारी  खेतीका लागि आवश्यक प्राङ्गारिक मल प्रयोगका बारेमा एकल महिला कृषकलाई जानकारी गराइएको महिला बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले बताइन।
तालिममा सहभागी एकल महिलाहरुले तालीममा व्यावसायिक तरकारी तथा फलफूल खेतीका लागि जैविक विषादी बनाउने विधि, रोग पहिचान, बालीअनुसार जैविक विषादी प्रयोग गर्ने मात्राबारे विस्तृक जानकारी पाइएको बताए।    
तालीममा सहभागी हरुलाइ तरकारीको बीउ किन्नको लागि प्रतिमहिला ५ हजार रुपैयाँ टेवा रकम वितरण गरिएको छ ।
थाहा नगरपालिकाको प्रत्यक वडाको २ जना गरि २४ जना एकल महिलाहरुको सहभागिता रहेको तालिममा सहभागी हरुलाइ थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले प्रमाणपत्र तथा टेवा रकम प्रदान गरेका थिए।
२२ फागुन देखि सुरु भएको तालिम समापन समारोह थाहा ३ का कार्यवाहक वडा अध्यक्ष कृष्ण कुमार कार्कीको सभापतित्वमा भएको थियो।

तालिममा सहभागी हरुलाइ जनकल्याण माध्यमिक विद्यालयका कृषि शिक्षक द्वय संगिता थापा र प्रशान्त गिरीले सहजीकरण गरेका थिए।

20250308_141859-1741444431.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...