Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बालश्रम न्यूनीकरण गर्न हेटौंडामा छलफल

1710168781564-1710168807.jpg

हेटौंडा । श्रमिक बालबालिकाको सहभागिता तथा बाल श्रम न्यूनीकरण सम्बन्धि सोमवार हेटौंडामा सरोकारवालाबिच छलफल भएको छ । गैसस महासंघ नेपाल जिल्ला शाखा मकवानपुर र आसमान नेपालको संयुक्त आयोजनामा छलफल कार्यक्रम भएको हो । 

हेटौंडाको शहरभित्र रहेका गाउँ–गाउँमा अझैं पनि बालबालिकाको अवस्था चिन्ताजन रहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले वालबालिका विभिन्न कारणले श्रममा लाग्नुपर्ने बाध्यता कायमै रहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् । मकवानपुरको मनहरीमा ट्याक्टर चलाउने, गिट्टी कुट्ने, होटलमा काम गर्न जाने र मकवानपुरगढी, बागमती, इन्द्रसरोवर, कैलाश लगायतका क्षेत्रबाट बालबालिकाहरु गलैचा फ्याक्ट्रीमा काम गर्न गएको बालबालिकाको क्षेत्रमा काम गरिरहेका सरोकारवाला संस्थाका प्रतिनिधिको भनाई छ । 

मकवानपुरको विभिन्न स्थानमा रहेका वर्कसपमा भारतीय बालक श्रममा रहेका छन । श्रममा लागेका बालबालिकाको दिगो पुर्नःस्थापना गर्न चुनौति रहेको उनीहरुको भनाई छ । छलफलमा सहभागि शिक्षक, पत्रकार, श्रमजिवी, विद्यार्थी एवं अभिभावकले बाल श्रम न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन । 

कार्यक्रममा गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, सिविन नेपालका प्रमुख झविन्द्र ज्ञवाली, मामाघर नेपालका प्रमुख अर्पण पराजुली, आसमा नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारी, आसमा नेपालका रक्की प्रसाद साह, गैसस मकवानपुरका सचिव सन्तोष पौडेल, सह–सचिव गोकर्ण तिवारी, सदस्य नवराज शर्मा लगायतकाको सहभागिता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg