pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बागवानी केन्द्र दामनले आफ्नो कार्यको गर्यो समिक्षा ,

Screenshot_20220827-16224-1661596784.png

शितोष्ण वागवानी नर्सरी केन्द्र दामनले आर्थिक बर्ष ०७८/०७९ मा संचालित कार्यहरुको प्रगति समिक्षा र चालू आर्थिक बर्षको लागी प्रदेश स्तरीय कार्यक्रमको सार्वजनिकरण गरियको छ।
भाद्र १० गते केन्द्रको सभाहलमा केन्द्रका प्रमुख रबिकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले,वडा न १ का वडा अध्यक्ष हेरमान गोपाली,२ का बम बहादुर सिन्तान,३ का हिरेन्द्र कुमार रायमाझी ,४ का नारायण लामा,५ का बिष्णु बहादुर गुरुङ्ग,७ का शिवराज थिङ,नगर कृषि शाखा प्रमुख संजय तिवारी,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,रोजगार संयोजक कुमार नेगी,सुचना अधिकृत सुरज कुमार भुजेल,थाहापाटिका कार्यकारी सम्पादक शम्भु अधिकारी ,होटल एशोसियसन थाहाका अध्यक्ष शिवकुमार खत्री लगायत केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा केन्द्र प्रमुख रबिकुमार केसीले केन्द्रबाट निरन्तररुपमा संचालन गरियका प्रमुख कार्यहरू ,आर्थिक बर्ष २०७८/०७९को वजेट विनियोजन तथा खर्चको स्थिति ,केन्द्रको उपलब्धि र समस्या तथा चालू आर्थिक बर्षको बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए।कार्यक्रममा केन्द्र प्रमुख केसीले प्रदेश तथा संघले दिने बजेटले केन्द्रको बिकासमा अपुग रहेको र यस्ले समस्या परेको बताउदै ,स्थानीय तहले पनि वागवानी केन्द्र दामनलाई आफ्नै सम्पत्ति ठानेर लगानी तथा सहयोग गर्न सके यसबाट नगरको आयमा वृद्धि भइ उचित प्रतिफल स्थानीयले नै पाउने भन्दै नगरपालिका बाट साथ र सहयोगको अपेक्षा राखे।


कार्यक्रममा आफ्नो सुझाव तथा भनाइ राख्दै प्रमुख अतिथि नगर प्रमुख बिष्टले वागवानी केन्द्र सधै घाटामा गैरहेको ले चिन्ता ब्यक्त गर्दै यस्को संचालनको लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आयको बताउदै अब वागवानी केन्द्रलाई इकोटुरिजमको अबधारणामा लगी पर्यटक तथा नगरका कृषकको माग अनुसारको बीउ उत्पादन गर्न सके नगरपालिकाको सहयोग हरदम रहने बताउदै कृषकको मागलाइ ध्यानमा राखेर केन्द्रले काम गर्नुपर्नेमा जोड दिएका थिए ।
केन्द्रले आर्थिक बर्ष ०७९/०८० को बजेट सार्वजनिक तथा यो आर्थिक बर्ष बागवानी केन्द्र दामनले गर्ने कार्यक्रम हरुको जानकारी गराइयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...