Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बागमतीका प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार,थाहा नगरमा निर्माण अन्तिम चरणमा

taha-1625554319.jpg

 वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ । मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार संस्थाहरूसमेतको गरी ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी भएको छ । किसानद्वारा उत्पादित तरकारी र फलफूललाई धेरै दिनसम्म ताजै राख्न शीतभण्डार निर्माण भइरहेको हो ।

प्रदेश सरकारले बजेटमा घोषणा गरेको ‘एक जिल्ला, एक शीतभण्डार’ कार्यक्रमअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा पनि शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशतको लगानीमा निर्माण भइरहेको कोल्ड स्टोर चालु आर्थिक वर्षबाट सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा थाहा–३ मा १० रोपनी क्षेत्रफलमा निर्माणाधीन शीतभण्डारको सञ्चालन सहकारीले गर्ने नगरप्रमुख लवशेर विष्टले बताए ।

११ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७६ कात्तिक ९ बाट केन्द्रको निर्माण थालिएको थियो । १ हजार ७ सय मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माणका लागि प्रदेश सरकारले ८ करोड ३ लाख र उत्तरी क्षेत्रका २७ वटा सहकारीले ३ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् । उक्त कोल्डस्टोरबाट तरकारीको पकेट क्षेत्रका रूपमा रहेको थाहा, इन्द्रसरोवर र कैलाश गाउँपालिकाका कृषकहरू लाभान्वित हुनेछन् ।

शीतभण्डार निर्माण भएपछि उत्तरी क्षेत्रका किसानले बढी मूल्य तिरेर अन्यत्र भण्डारण गर्नुपर्ने समस्याको अन्त्य हुने र कृषकको ठूलो रकमसमेत बचत हुने विष्टको भनाइ छ । जिल्लामा तरकारी उत्पादनमा अग्रणी थाहा नगरपालिकामा योसँगै सानाठूला ४ वटा शीतभण्डार हुने भएका छन् । थाहा–६ मा साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट शीतभण्डार सञ्चालन गर्दै आएको छ । नेपाल सरकारको २० लाख र सहकारीको करिब ६० लाख रुपैयाँ लागतमा शीतभण्डार सञ्चालनमा ल्याइएको हो । ५५ टन क्षमताको उक्त शीतभण्डारमा मुख्य गरी आलु राख्ने गरिएको छ । थाहा–२ मा निजी क्षेत्रको मैना कृषि सेवा प्रालिले पनि शीतभण्डार सञ्चालन गरेको छ । इकान्तिपुरबाट ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg