pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बहुउद्देश्यीयमा नारी दिवसको अवसरमा आयोजित स्वास्थ्य शिविरमा ४ सय बढिको स्वास्थ्य परिक्षण

20250308_120223-1741442594.jpg

११५ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा चार सय बढिले स्वास्थ्य परिक्षण गरि स्वास्थ चेकजाँच गरायका छन ।
संस्थाको प्रागणमा सम्पन्न शिविरमा स्त्रीरोग ,हाडजोर्नी,नाक कान घाँटी सहित भिडियो एक्सरे सुबिधा सहित स्वास्थ परिक्षण गरियको थियो।
मनमोहन मेमोरियल शिक्षण अस्पताल बाट आएका डाक्टर मुज श्रेष्ठको नेतृत्वमा अस्पतालका सिनियर सर्जन नेतृत्त्वमा डा.मनोर दिन सैयद(स्त्री तथा प्रसुती),डा.निराजन सुबेदी (हाडजोर्नी तथा नशा), डा.इबराज सिम्खडा (फिजिसियनररेडियोलोजीं, डा.दिबित अधिकारी (नाक,कान,घाटी),डा.राजेन्द्र ढुंगाना (जनरल मेडिसिन),पदम खड्का (फार्मेसी),सन्जिब गिरी(फार्मेसी),सुनिला श्रेष्ठ (नर्सिंग),संजिव कंडेल(अस्पताल प्रशासन) रंजित गिरीले(फार्मेसी र ब्यबस्थापन) सहितको टोलि 
विशेषज्ञ टोलिले स्वास्थ्य परिक्षण गरेका थिय।

स्त्री रोग सम्बन्धि उपचारका लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । शिविरबाट रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो।
शिविरमा १ सय १० जनाको भिडियो एक्सरे सेवा लियको तथा पाठेघरमा मासु पलाएको २ जना, पाठेघरको मुखको VIA १सय २७ जना,२० जनाको LBC,डिम्बको cyst १ जना र शिविरमा १सय ५० जना महिलाले स्त्रीरोग विशेषज्ञ बाट पाठेघरको चेकजाँच गरियको सिनियर डाक्टर मुज श्रेष्ठले जानकारी दिए।
शिविरमा सामान्य चिकित्सय रुघाखोकी,ज्वरो,दम,छाती  ७० जना,जनरल सर्जरी ४० जना,पाइल्स २८ जना,शरीरमा गाठागुठी १५ जना,हाडजोर्नी १५० जनाले स्वास्थ्य परिक्षण गरिएको हो।

शिविरमा खासगरी महिला हरु पाठेघरको समस्या र हाडजोर्नीको समस्या लियर आएको उपचारमा संलग्न चिकित्सक डाक्टर मनोरदिम सैयादले बताए शिविरमा माइग्रेनका समस्या भएका बिरामिले पनि स्वास्थ्य उपचार गरायका थिय।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले उद्घाटन गर्नुभएको थियो।उद्घाटन समारोहलाइ सम्बोधन गर्दै उपप्रमुख गोपालीले ११५ औं नारी दिवसको शुभकामना दिदै रोग पालेर नबस्न आग्रह गर्दै बिशेष महिलाहरुमा हुने रोगको समयमानै पहिचान गरि रोगको रोकथाम गर्न आग्रह गर्दै नगरमा अस्पताल निर्माणको चरणमा रहेकोले यस्ता स्वास्थ्य शिविरले जनस्वास्थ्यमा जनताको पहुँच पुर्याउन मद्दत गर्ने गरेको बताउनुभयो।
आयोजक संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले वार्षिक कार्यतालिका नै बनाएर यस्तो कार्यक्रम गर्ने जानकारी दिनुभयो साथै वहाँले मनमोहन मेमोरियल अस्पतालमा पालुङ बहुउद्देश्यीय संस्थाको सदस्यहरुलाई २५ प्रतिशत छुटमा उपचार गर्ने व्यवस्था समेत मिलाइएको बताउनुभयो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...