Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

बर्षे बिदामा विद्यालय जाने विद्यार्थीको खाजाको लागि जनजागरणको आर्थिक सहयोग

1723819346579-1723819441.jpg

बर्षे बिदामा समेत बिद्यालय नियमितरुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा नं २ स्थित घाटदेबी आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई दिवा खाजाको ब्यवस्थापन गर्न जनजागरण समाज थाहा २ ले ३४ हजार ८ सय ६० रुपैंया नगद सहयोग गरेको छ। 
२०७९ मा स्थापना भएको जनजागरण समाजले समाजका सदस्यहरुबाट संकलन गरेको उक्त रकम बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागि सहयोग गरेको समाजका सहसंयोजक माधव कार्कीले बताए ।

शुक्रबार बिद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा उक्त रकम समाजको तर्फबाट बिद्यालयलाई हस्तान्तरण गरिएको थियो।
 सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि नियमानूसार नगरपालिकाले निर्धारण गरेको बिदाको समयमा पनि बिद्यालय सञ्चालन गरिएको बिद्यालयका प्रधानाध्यापक दिपक कार्कीले बताए । उनले बिद्यालयका बिद्यार्थीहरुका लागि दिवा खाजा ब्यवस्थापनका लागि जनजागरण समाजको आर्थिक सहयोग महत्वपूर्ण भएको बताए ।

सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यार्थीहरुका लागि प्रति बिद्यार्थी १५ रुपैंयाको दरले प्रत्येक बर्ष १ सय ८० दिन बराबरको रकम बिद्यालयलाई उपलब्ध गराउने बताउँदै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर तामाङले उक्त रकम पर्याप्त नहँुदा समाजले गरेको आर्थिक सहयोगले खाजा ब्यवस्थापनमा सहज हुने बताए । 
बिद्यालयले बार्षिक २ सय २० भन्दा बढी दिन बिद्यालय खुल्ने र उक्त दिन नियमित रुपमा बिद्यार्थीहरुलाई खाजा खुवाउने समेत अध्यक्ष तामाङले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिका वडा नं २ का अध्यक्ष बमबहादुर सिन्तानले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि बिद्यालयको मेहनत महत्वपूर्ण भएको बताए । उनले बिद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने बताउदै समाजको सकारात्मक विकासकालागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने समेत अध्यक्ष सिन्तानको भनाइ थियो ।
कार्यक्रममा जागरण समाजका सहसंयोजक माधव कार्की, सचिव बिकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष नारायण कार्की लगायत बिद्यालयका शिक्षक, बिद्यार्थीको उपस्थिति रहेको थियो ।

बिद्यालयमा बालविकास केन्द्र सहित कक्षा ८ सम्म १ सय २८ जना बिद्यार्थी अध्ययनरत छन् । थाहा नगरपालिकाले पालिकाका सामुदायिक बिद्यालयहरुमा साउन १३ गतेदेखि भाद्र ३ गतेसम्म बर्षे बिदा निर्धारण गरेको छ ।

1723819353804-1723819441.jpg
1723819358183-1723819462.jpg
1723819350709-1723819462.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg