pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बज्रवाराहीको जात्रा भोलि बाट सुरु हुँदै ।

FB_IMG_1683303288326-1683303302.jpg

उत्तरी मकवानपुरको ऐतिहासिक नगर टिस्टुङ बज्रबाराहीमा प्रत्येक ३–३ बर्ष हुने बज्रबाराहीको जात्रा भोलीबाट सुरु हुने भएको छ । 

प्रत्येक ३ वर्षको अन्तरालमा वैशाख पुर्णीमाको शनिबार पारेर जात्राको सुरुवात हुने गर्छ । २०७७ साल बैशाखमा हुनु पर्ने यो जात्रा कोरोनाका कारण स्थगित गरिएको र आवश्यक पुजाहरु मात्र गरिएको थियो । 

तिथि अनुसार २०७७ साल जेठ १५ देखि १७ सम्म जात्रा परेपनि लकडाउनका कारण अत्यावश्यक १५ जना मानिसहरु भेला भएर क्षमा पुजा र अत्यावश्यक पुजा गर्दै २०८० सालमा भव्य तरिकाले गर्ने निर्णय भएको थियो ।

 यसपटक ६ वर्षको अन्तरालमा जात्रा हुन लागेकाले विशेष हुने बताइएको छ । उत्तरी मकवानपुरको प्रख्यात ३ वर्षे बाराही जात्राको पूजा, जात्रा तथा रथयात्राको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ । 

व्यवस्थापनका लागि थाहा नगरपालिका ६ नं वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले विभिन्न काम गरिसकेको र सबैको ध्यान सभ्य र भव्य रुपमा परम्परा र संस्कृतिको जर्गेना कसरी गर्ने भन्नेमा केन्द्रीत भएको वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । 

तान्त्रिक विधि अनुसार पुजा आजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले बज्रवाराहीलाई खुसी पार्दा, आराधाना गर्दा मात्र मानव कल्याण हुन्छ भन्ने जनविश्वास छ । 

सामान्य अवस्थामा दैनिक सयौं भक्तालुको सहभागिता रहने जात्रा यो वर्ष भने झनै भव्य हुने बताइएको छ । 

गुठीको नाममा रहेको २ सय ४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी संचालन हुँदै आएको थियो । नेपालमा मानिने तीन जिवित देवताहरुमध्ये बज्रबाराही जात्राका धामी एक रहेको बताइएको छ । 

बज्रबाराही अजिमा यहाँको प्रमुख संरक्षक देवता हुन् भने बज्रबाराही जात्रा यहाँको प्रमुख जात्रा हो । यो जात्रा तीन बर्षको अन्तरमा तीन दिनसम्म मनाईन्छ । बैशाख पूर्णिमापछि आउने सबैभन्दा पहिलो शनिवार पारेर यो जात्राको सुरुवात गरिन्छ । 

जात्रामा यहाँका सबैले आ–आप्mनै भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागि जनाउँछन् । जात्रा संचालन र ब्यवस्थापनका लागि १३ वटा गुठीहरु समेत संचालनमा छन् । 

एउटा गुठी नेपाल सरकारका नाममा समेत संचालित छन् । गणेश गुठी, कुमारी गुठी, बाराही गुठी, ईन्द्रायणी गुठी, भैरव गुठी, बाजा ब्यवस्थापन गुठी लगायतका गुठीहरु छन् । 

जात्राका बेलामा बाराही पिठमा बली दिनका लागि पहिले नै दुई वटा राँगा खुल्लारुपमा छाडिएको हुन्छ । यसरी छाडिएको राँगालाई कुट्न, लखेट्न र थुन्न हुँदैन भन्ने मान्यता छ । यसरी छाडा छाडिएका राँगाहरु जहाँ पुगे पनि स्थानीयले पिठो लगायतका खानेकुरा खुवाएर पठाउने गर्छन् । 

बाराहीको ठूलो चौरमा मेला लाग्ने भएकाले यो मेलाले ब्यापारिक महोत्सवकै झल्को दिलाउछ । 

जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आईतबारदेखि बिहिबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्छ । जसलाई चा पूजा भनिन्छ । चा भनेको नेवार भाषामा रात हो । यसरी चा पूजा अर्थात रात पूजा गर्न जानेहरु दुबै जनाले घर नफर्केसम्म एकअर्कासँग बोल्न हुँदैन र पछाडि फर्केर पनि हेर्नु हुँदैन भन्ने मान्यता छ ।

त्यसको भोलिपल्ट अर्थात शुक्रबार दिउँसो देवीको पूजा गरिन्छ । स्थानीय आगम घर अर्थात आमग छेंमा पूजारीले तान्त्रिक बिधिबाट पूजा गर्छन् । यसरी पूजा गरी सकेपछि स्थानीय कर्माचार्यहरुलाई खड्क दिईन्छ । 

यसरी खड्क दिँदा जसलाई देवता चढ्छ ऊ नै खः द्यो बन्न पाउँछ । यसरी खः द्यो चयन भएपछि उसले सेतो जामा र सेतो बेताली लगाएर खड्क बोकी काम्दै बाहिर निस्कन्छन् । 

जात्राको पहिलो दिनको मध्यरातमा बिशेष पूजा गरिन्छ । यो पूजा गरेको हेर्नका लागि धेरै मान्छे राती नै उठेर मन्दिर जाने गर्छन् । यो पूजा अन्तर्गत शुरुमा देउला समुदायले ल्याएको पूजा गरिन्छ जसलाई सरकारी पूजाको रुपमा लिईन्छ । यो पूजामा सर्प, भ्यागुतो, हाँस, भेडा, किरा फट्याङग्रा, माछा, चरा, भाले, बोका र राँगा लगायतको बली दिईन्छ । 

यसरी बली दिनका लागि हरेक जीवको भालेपोथी जोडी नै पीठमा लगिन्छ । तर भालेलाई बली दिईन्छ भने पोथीलाई त्यतिकै मन्दिरस्थलमा छाडिन्छ । यो पूजालाई नरवलीको सट्टामा गरिएको पूजा पनि भन्ने गरिन्छ ।

यसको भोलिपल्ट अर्थात आईतबारको दिनलाई जात्राको मुख्य दिन मानिन्छ । यो दिन टाढा टाढाबाट दर्शनार्थीहरु दर्शनका लागि आँउछन् । 

जात्राको दोस्रो दिन बिहान झिसमिसेदेखि नै बली दिन सुरु हुन्छ । पञ्चबली दिनेहरुले पनि यही दिन पूजा गर्छन् । पञ्चवलीमा बोका, हाँस, भाले, राँगा र भेडाको बली दिईन्छ । यही दिन तीन बर्ष अघिदेखि भाकल राखेकाहरुले समेत बली पूजा गर्छन् ।

 मन्दिरमा पशुपंक्षी मात्रै होईन फलफूल पनि उत्तिकै चढाईन्छ । पूजा सकिएपछि अघिल्लो राती बली दिईएका दुई वटा राँगाका मुटुहरु र बोकाको टाउको यज्ञमा होमिन्छ । बिशेष मन्त्रोच्चारण गर्दै यज्ञ गर्ने चलन छ । यो यज्ञ पश्चात बाराहीको शक्ति पिठमा बली दिईदैन । 

जात्राको तेस्रो अर्थात अन्तिम दिन सर्वप्रथम पिठमा बली दिई छाडिएका जीवहरुको टाउको संकलन गरिन्छ । त्यसपछि देवतालाई फूलपातीले छोप्ने र त्यसमाथि मासु र भातले छोप्ने चलन छ । त्यही मासु र भातलाई देवता फर्काउनुअघि प्रसादका रुपमा बाँडिन्छ । 

प्रसाद लिनेहरुको भिड हुने भएकाले पुजारीहरुले माथि माथिसम्म फाल्ने र टाढा टाढासम्म प्mयाँकेर प्रसाद दिने गर्दछन् । धार्मिक आस्था र मान्यता अनुसार यो प्रसाद खाँदा स्वस्थ्य हुने र रोगव्याधी भए निको हुने आम विश्वास छ ।

यो दिनमा खुवाइने जाँड पहिले देउला समुदायले खान्छन् र त्यही जुठो जाँड देवताहरुलाई खुवाईन्छ । त्यो जाँड पछि अन्य सर्वसाधारणलाई पनि बाँड्ने चलन छ । त्यसो त जात्रा अवधिभर विभिन्न गुठीमा प्रसादस्वरुप जाँड खुवाउने चलन छ । यावत काम सकिएपछि बज्रबाराही देवीको खटमा धामी र बज्रबाराही अजिमाको प्रतीकका रुपमा एक जना देउला समुदायका ब्यक्ति बस्छन् । 

खटलाई उठाएर तीन पटक पीठमा जयजयकारसहित परिक्रमा गराईन्छ । सबैतिरको पूजा सकिएपछि अन्त्यमा देउला टोलमा नै ल्याएर जात्रा समापन गरिन्छ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...