Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बचत तथा ऋण संघ मकवानपुरको अध्यक्ष पदमा पुनः श्रेष्ठ

bachat-1702138553.jpg

 हेटौंडा, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अठारौं बार्षिक साधारणसभा तथा सातौं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बार्षिक साधारणसभा पश्चात् सम्पन्न निर्वाचन कार्यकमले आगामी चार वर्षको लागि अध्यक्ष पदमा कल्पना श्रेष्ठलाई पुनः निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक मदन कुमार दाहालका अनुसार श्रेष्ठले ७९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा मिनाकुमारी चौरेल विजयी भएकी छिन् । उनले ८२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गरिन् । सचिव पदमा विरेन्द्रप्रसाद ढुङ्गानाले ७५ प्राप्त गरी विजयी भए । ढुङ्गानाका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गरे । सहसचिव पदमा विजयबहादुर बस्नेत विजयी भएका छन् । उनले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा निर्वाचित भएकी छिन् । उनले ८० मत प्राप्त गर्दा ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गरे । उत्तर पूर्वी क्षेत्र सदस्य पदमा शर्मिला महत र पूर्वी क्षेत्र सदस्यमा सिताराम दाहाल सर्वसम्मत चयन भए ।

उत्तरी क्षेत्र सदस्यपदमा फणिन्द्रनाथ सुवेदी ७४ मतले विजयी भए । उनका प्रतिद्वन्दी सहदेव ढकालले ३८ मत प्राप्त गरे । पश्चिमी क्षेत्र सदस्य पदमा शंकर प्रसाद कालाखेतीले ७६ मत प्राप्त गरी विजयी भए भने राममाया नगरकोटीले ३० मत प्राप्त गरिन । यसैगरी ४ जना खुल्ला सदस्यमा हिमाल पौडेल ७७ मत, जुना दंगाल ६९ मत, जानकी चौधरी ६३ मत, यशोदा पराजुलीले ६१ मत प्राप्त गरी विजयी भए । सदस्यका प्रत्यासीहरु रामहरी तिमल्सिना ४५ मत, जानुका दवाडी ३४ मत, मिनु अग्रवालले ३३ मत, हरिमाया ढकाल अधिकारी ३० मत, रामकेदार बस्नेत १५ मत र योगनाथ दंगालले १३ मत प्राप्त गरेका थिए । संघको लेखा समिति संयोजकमा मिठाराम दहालले ६७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी श्रमिक लामाले ४३ मत प्राप्त गरिन् । यसैगरी २ जना लेखासमिति सदस्यमा सचिता भट्टराईले ७३ मत र कृष्ण विडारीले ५१ मत प्राप्त गरी विजयी भए भने श्रीराम दहालले ४९ मत र सुशान्त तिमल्सिनाले ३५ मत र प्राप्त गरेका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg