Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

फेदीगाउँमा जारी लामा तथा मणिपा प्रशिक्षणको समापन

FB_IMG_1724343559491-1724343876.jpg

नेपाल अहिंसाबादी बौद्ध धर्म विश्वशान्ती चक्र संघको आयोजना तथा मणीपा संघ फेदिगाउँको सह आयोजनामा भएको तीन महिने लामा तथा मणिपा प्रशिक्षण शिविरको भाद्र ६ गते समापन गरिएको छ।
नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता तथा मणीपा संघ फेदिगाउँका अध्यक्ष वीर बहादुर मोक्तानको अध्यक्षतामा सप्पन्न समापन समारोहमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र नेपाल अहिंसाबादी बौद्ध धर्म बिश्वशान्ति चक्र संघका केन्द्रिय महासचिव गुरु प्रेम दोर्जे बल लामाको बिशिष्ठ आतिथ्यता रहेको थियो।
समस्त प्राणीको उद्दार,राष्ट्रको कल्याण,बिश्व शान्ती तथा आफ्नो भाषा,लिपि,धर्म,संस्कृतिको संरक्षण र बिकासको लागि जेष्ठ १२ गते देखि फेदीगाउँ स्थित सामुदायिक भवनमा संचालन गरिएको प्रशिक्षणमा ६० जनाले सहभागिता जनाएका थिए।
समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले मानिसले जिवनका भोग्नुपर्ने अनेक कुरा मध्य अभाब पनि एक भएको बताउदै अभाब बाट नै तनाब सुरु हुने  र तनाब ले मन अशान्त बनाउने हुँदा अशान्त मन हरुबाट  बिकास संभव नभएको बताए। उनले अशान्त मनहरुलाइ शान्त पार्न नै भगवान बुद्द का वाणी र शिक्षा हरु अति आवश्यक  रहेको उल्लेख गर्दै कार्यक्रम बाट शिक्षित ब्यक्तिहरुले प्राप्त शिक्षाद्वारा  समाजमा ज्ञान फैलाउन र सभ्य समाज निर्माणमा भुमिका खेल्न पनि बानिया ले सम्पूर्ण दिक्षित हरुमा अनुरोध गर्नुभयो।
कार्यक्रममा थाहा नगर वडा न.२ का अध्यक्ष बम बहादुर सिन्तानले  २ न.वडाको सडक योजना को लागि आवश्यक समन्वय गर्नको लागि गर्नुभएको अनुरोध लाई प्रदेश सभापति बानिया ले सबै मिलेर बिकासको काम गर्नुपर्ने र वडा न. २ को सडक योजनाको लागि  ध्यानाकर्षण गराउनुभएको योजनालाइ केन्द्रबिन्दुमा राखेर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा थाहा नगर प्रमुख बिष्टले सबै धर्म,संस्कृतिको संरक्षणमा लागिपर्न थाहा नगरपालिका कटिबद्ध रहेको बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सभापति बुद्द लामा,नेकपा एमाले नगर इन्चार्ज बिमल ढकाल,एकीकृत समाजबादीका नगर अध्यक्ष सुरेन्द्र मगर,वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान,वडा न ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ,७ का अध्यक्ष शिवराज थिङ,कार्यपालिका सदस्य सविता सुनार,रितु कार्की,लगायत लामा गुरुहरु,आनी हरु तथा स्थानीयको उपस्थिति रहेको थियो।

 

FB_IMG_1724343581863-1724343876.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...