Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

फारम भराएकाले पुर्जावाला जग्ग्गा पाउने आशा !

4-number-1626685247.jpg

थाहा नगरपालिकाको वडा नं.३ र ४ ले एकैसाथ बैशाख १२ गतेदेखि भुमी सम्बन्धि समस्या समाधान आयोग २०७६ ले तोकेको मापदण्ड अनुसार अव्यवस्थित बसोबासी,सुकुम्बासी र दलित सुकुम्बासीहरुको नाममा भराईदै आएको फारमको थप अवधी हिजोबाट समाप्त भएको छ। अन्तिम समयावधि २०७८ असार ३१ सम्म् तोकिएको भए तापनि केही छुटपुट सेवाग्राहीहरुको अनुरोध अनुसार २०७८ साउन ०३ सम्म मात्र फारम भर्ने म्याद थपिएको थियो। कोरोना महामारीको कारण बिचमा काम रोकिएको थियो।

थाहा ३ को लगत संकलनकर्ता सन्जु परियारको  थाहा ३ मा जम्मा ९१ जना ले अब्यबस्थित बसोबासिको फारम भराएका छन् भने वडा नं.४ को लगत संकलनकर्ता दावा शेर्पाका अनुसार १३३ जना अव्यवस्थित,२१ जना सुकुम्बासी र २ जना दलित सुकुम्बासीले फारम भराई अवसरको सदुपयोग गरेका छन् ।संकलित तथ्यांकको अनुसार सबैभन्दा धेरै अव्यवस्थित र सुकुम्बासी समस्या वडा नं.४ को टोलहरु फापरबारी,ठुलोमाखु,नारायणझ्याउ,दामन र सिमभन्ज्याङ्मा देखिएको छ।

बि.सं.२०२८ सालमा भएको नापी पश्चात् जिल्ला भुमी सुधार आयोग मकवानपुर पुर्ण अवस्थामा  निष्क्रिय रहेको थियो। त्यसैले पनि ५० वर्षको अन्तरालमा अत्यधिक संख्यामा भुमी सम्बन्धि समस्या भएकाहरूको उल्लेख्य वृद्धि भएको यसै तथ्यांकले देखाएको छ। बिगतमा गठित विभिन्न आयोगहरुद्वारा सुकुम्बासी प्रमाणित भएका परिवारहरुले  हालसम्म राहत नपाएको र साथै पुर्जावाला जग्गाहरुको समेत सहि अद्यावधिक राख्न छुटाएको  पनि यसै तथ्यांकले स्पस्ट पारेको छ।

तर यस पटक २०७६ माघ २८ गते गठन भएको भुमी सम्बन्धि समस्या समाधान आयोगले सबैको समस्या समाधान गरिदिनेमा भुमी  पीडितहरु आशावादी रहेका छन् ।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg