himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रेस सेन्टर मकवानपुरले महिला पत्रकारलाई सुत्केरी भत्ता र जेष्ठ पत्रकारलाई उपचार खर्च उपलब्ध गराउने।

1640432563178-1640432845.jpg

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरिएको छ । शनिबार हेटौंडामा बसेको सेन्टर जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरिएको हो ।

निरन्तर पत्रकारितामा सकृय महिला पत्रकारहरुले व्यहोर्नुपरेको विभिन्न खालका समस्याहरुका सम्बन्धमा छलफल गर्दै सुत्केरी अवस्थामा आर्थिक सहजता होस् भन्ने उद्धेश्यले भत्ताकालागि कोषको स्थापना गर्ने निर्णय भएको सेन्टर मकवानपुरले उल्लेख गरेको छ ।

यस्तै, ज्येष्ठ पत्रकारलाई उमेरसँगै स्वास्थ्यमा विभिन्न खालको समस्या पर्ने हुँदा उपचारमा सहजता होस् भनी स्थापना भएको कोषबाट खर्च प्रदान गरिने निर्णय गरिएको छ ।

यसैगरी, जिल्लामा रहेका सञ्चार माध्यमहरुलाई आर्थिक रुपमा मजबुत बनाउन आवश्यक उपायहरुका बारेमा पनि बैठकमा छलफल भएको थियो ।

सेन्टर मकवानपुरको जिल्ला सम्मेलन पश्चात बसेको पहिलो पूर्ण बैठकमा प्रेस सेन्टर बागमती प्रदेश कमिटीका अध्यक्ष यदु गौतम, केन्द्रीय सदस्य सुनिल गौतम, कृष्ण सारु मगर सल्लाहकार नवराज शर्मा, बागमती प्रदेश कमिटी उपाध्यक्ष नानीमैया विष्ट, मुख्य सचिव ध्रुव अधिकारी, सचिव चन्द्रकला खत्री, सदस्य राजु साश्वत लामिछाने, मिना श्रेष्ठ लगायतको उपस्थिति थियो 

बैठक नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको हो 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg