himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रेस सेन्टर मकवानपुरले मनायो २२औं कृष्ण सेन स्मृति दिवस

FB_IMG_1716713240621-1716713290.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मिडियाकर्मीहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउनुभएको छ ।
सञ्चारकर्मीहरुले आफुले लेखेको समाचारको आफैले अध्ययन र विश्लेषण गर्नुपर्ने उहाँको भनाई छ । कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो कमजोरीहरु स्वीकादै आलोचना सहने क्षमता सञ्चारकर्मीहरुमा हुनुपर्ने बताउनुभयो । उहाँले सबै नीतिहरुको नेतृत्व राजनीतिले नै गर्ने बताउनुभयो । समाजमा निराशाहरु पस्कने र सकारात्मक कुराहरुलाई छोप्ने तत्वविरुद्ध सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ ।


यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कृष्ण सेन, रुद्र पाख्रिनका सपना अझै अपुरो रहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण ढंगबाट नै देशमा समाजवाद निर्माण गर्न आफुहरु लागिरहेको उल्लेख गर्नुभयो । भुमिका परिवर्तन भएपनि उद्देश्य भने परिवर्तन गर्न नहुने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले प्रेस स्वतन्त्रतालाई कुण्ठित नगर्ने गरी सञ्चारकर्मीहरुलाई सम्बोधन गर्ने खालको बजेट तर्जुमा गर्ने बताउनुभयो ।
प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सञ्चार रजिष्टार रेवती सापकोटा, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहाल, पत्रकार आबद्ध संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर मकवानपुरले पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुबाश बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, ग्रामिण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही नगद पाँच हजार रुपैयाँ पत्रकारहरु रञ्जिता डंगोल, रुपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज बिजय गौतम, बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले मन्तव्य ब्यक्त गर्नु भएको थियो । साथै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महसंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबाश बिडारी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

FB_IMG_1716713229383-1716713290.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg