Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको वार्षिक साधारणसभा सम्पन्न,

1-325149476_1632082293931-1673693924.jpg

प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ ।  प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव दिपक अर्याल र कोषाध्यक्ष कृष्ण पौडेलले प्रतिवेदन पेस गरेका थिए । साधारणसभामा आगामी योजनाबारे पनि छलफल भएको थियो । 


साधारणसभामा संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा संगठन इन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, गंगा बराल, प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेल, उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहाल, प्रेस सेन्टर नेपाल ललितपुरका संस्थापक अध्यक्ष ज्ञानप्रसाद पौडेल, पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, ललितपुरका अध्यक्ष सागर न्यौपाने, प्रेस सेन्टर काठमाडौंका अध्यक्ष अजित अधिकारी, भक्तपुरका अध्यक्ष सन्जिप घिमिरे, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्कालगायतको उपस्थिति रहेको थियो । 


उनीहरुले प्रेस सेन्टर र यसका शाखालाई मजबुद पार्दै पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउनुपर्नेमा जोड दिएका थिए । 
प्रमुख अतिथि नेकपा ९माओवादी केन्द्र० का पोलिटव्युरो सदस्य तथा संगठन इन्चार्ज महेश्वर दाहालले प्रेस सेन्टरले पत्रकारितालाई केन्द्रमा राखेर संगठनलाई बलियो पार्नुपर्ने धारणा राख्दै ललितपुर जिल्ला सक्रिय शाखाको रुपमा रहेको बताए ।


संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगलले ललितपुर जिल्लाले सक्रियतापूर्वक काम गरेको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न सुझाव दिए । 
स्वागत मन्तव्य दिदै संस्थापक अध्यक्ष ज्ञान प्रसाद पौडेलले प्रेस सेन्टर नेपालका सदस्यहरु ललितपुरको कुपण्डोलदेखि गिम्दीसम्म तथा ६ वटै स्थानीय तहमा दर्बिलो उपस्थिति रहेकोमा खुसी व्यक्त गरेका थिए ।

ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले आगामी दिनमा संगठनलाई थप जिम्मेवार र पेशागत सञ्चारकर्मीको हकहितमा काम गर्न थप जोड दिइने बताए । उनले साधारणसभा सम्पन्न गर्न प्रत्यक्षरअप्रत्यक्ष सहयोग गर्नेलाई धन्यवाद दिँदै केन्द्रिय अध्यक्षको निर्देशन अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए । थाहापाटी,

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg