Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्रेस सेन्टरको २१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया

1738069091517-1738069114.jpg

प्रेस सेन्टर मकवानपुरले हेटौंडामा मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले तथ्यपूर्ण र जनपक्षिय पत्रकारितामा जोड दिएका छन् । हाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट र केही पीत पत्रकारितामार्फत् गलत एवम् भ्रमपूर्ण सूचना तथा समाचारहरु प्रकाशन, प्रसारण भइरहेको सन्दर्भमा जनमानसमा अन्यौलता सिर्जना हुने गरेको उनले उल्लेख गरे ।
यस किसिमको गलत र भ्रमपूर्ण सूचना र समाचारलाई श्रमजीवि जनपक्षिय पत्रकारितामार्फत् स्पष्ट पार्दै सत्य–तथ्य पत्रकारितामा उनले जोड दिए । हाल सार्वजनिक निकायहरुले सूचना लुकाउने प्रचलन रहेको भन्दै उनले यसमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने केन्द्रीय सदस्य लामिछानेले उल्लेख गरे ।

यसैगरी, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष भिम पाख्रिनले देश समाजवाद उन्मुख प्रकृयामा रहेकाले यससँग सम्बन्धीत आधारहरु अबको पत्रकारिताको विषयवस्तु बन्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले समाजमा नकरात्मक सूचनाहरुको प्रभाव बढ्दै गइरहेकाले पत्रकारिताले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोज ढोडारीले प्रेस सेन्टर मकवानपुरका संस्थापक दिवंगत कौशल पाण्डेको स्मरण गरे । दिवंगत पाण्डेको योगदानका कारण सेन्टर मकवानपुरले हालको गरिमा प्राप्त गरेको उल्लेख गर्दै उनले स्वर्गीय पाण्डेको योगदानका बारेमा चर्चा गरे ।

यस्तै, प्रेस सेन्टर बागमती प्रदेश समितिका महासचिव ध्रुव अधिकारले प्रविधिको विकाससँगै छिटो सूचना तथा समाचार प्रदान गर्ने क्रममा पत्रकारितामा कमजोरीहरु हुने गरेको उल्लेख गर्दै पत्रकारिता जगत् यस सम्बन्धमा सधैं समीक्षा गर्दै अघि बढ्नुपर्ने उनले सुझाव व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सामाजिक उत्तरदायित्वसहितको पत्रकारितामा जोड दिए । पत्रकारिता गरिरहँदा कतै पत्रकारिताका नाममा अपराध त भइरहेको छैन भनेर सधैं समीक्षा गर्दै चनाखो भएर अघि बढ्न पत्रकारहरुलाई उनले सुझाव दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुरका उपाध्यक्ष पुष्पराज अधिकारी, प्रेस युनियन मकवानपुरका सचिव बलराम पुडासैनी, समाजवादी प्रेस संगठनका अध्यक्ष शिव चौंलागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स सेन्टर मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठको सञ्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रीय अनुशासन समिति सदस्य भानुभक्त आचार्य, बागमती प्रदेश समिति सदस्य भावना रिजाल, मिना श्रेष्ठ, प्रेस सेन्टर मकवानपुरका निवर्तमान अध्यक्ष अञ्जली थापा, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबासहितको सहभागिता रहेको थियो ।

कार्यक्रम प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माको अध्यक्षतामा भएको हो ।

1738069094299-1738069114.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...