himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रेस सेन्टरको १८ बुदे चितवन घोषणापत्र जारी।

1638769514641-1638769541.jpg

प्रेस सेन्टर नेपालको चितवनस्थित भरतपुर महानगरपालिकामा मंसिर १८ र १९ गते सम्पन्न महाधिवेशनबाट १८ बुँदे घोषणा पत्र पारित भएको छ।

चितवन घोषणापत्र मस्यौदा लेखन (२०७८) समिति संयोजक दुर्गाप्रसाद भण्डारीका अनुसार  १८ बुँदे घोषणा पत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गरिएको छ ।

यसैगरी राजनीतिक गतिरोध अन्त्य गर्न दललाई ध्यानाकर्षण गराइएको छ । साथै मिडियासम्बन्धी पूराना कानुन खारेज गरी नयाँ कानुन बनाउन, साना लगानीको संरक्षण, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्नेलगायत समेटिएको उनले जानकारी दिए ।शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका थिए ।

त्यस्तै प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलनले शनिबार केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत चयन गरेको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको बन्द सत्रले १९९ सदस्सीय समिति घोषणा गरेको हो। बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको हो ।

महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८०० प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ ।

१८ बुँदे घोषणा पत्र
१) यो महाधिवेशन परिवर्तनका लागि कमल चलाएकै भरमा पक्राउ परी हिरासतभित्र विभत्स हत्या गरिनुभएका कृष्णसेनसहित सम्पूर्ण शहिद पत्रकार एवम् जनमुखी आन्दोलनका योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, बेपत्ता पारिएका दीपेन्द्र शर्मा (दण्डपाणी न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ राजेन्द्र ढकाललगायत सम्पूर्ण सञ्चारकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै उहाँहरुको यथार्थ अवस्था सार्वजनिक गर्न माग गर्दछ ।

२) यो महाधिवेशन सर्वोच्च अदालतमा मुख्य जिम्मेवारीमा रहनु भएका प्रधानन्यायाधीसकै कारण गतिरोध सिर्जना भएका कारण नागरिकका हक अधिकार समेत कुण्ठित भएको ठहर गर्दै नैतिकताका आधारमा निकास दिन आग्रह गर्दछ । साथै सम्पूर्ण राजनीतिक दलहरुलाई गतिरोध अन्त्य गर्ने विषयमा ध्यानाकर्षण गराउँदछ ।

३) यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिताको पक्षमा दृढतापूर्वक उभिएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र नेपालको संविधानको रक्षाको निम्ति प्रतिगामी तत्वहरुविरुद्ध एकतावद्ध भएर सञ्चार क्षेत्रबाट सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने दृढ संकल्प गर्दछ ।

४) यो महाधिवेशन विश्वव्यापी महामारीका कारण ज्यान गुमाएका सञ्चारकर्मीसहित आम नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै कोभिडको नयाँँ भेरियन्टको संक्रमण पुनः तीब्र गतिमा फैलिरहेकाले यसको रोकथामका लागि आवश्यक सतर्कतासहितको उच्च तयारी गर्न माग गर्दछ ।

५) यो महाधिवेशन कोभिड १९ बाट प्रभावित सञ्चारकर्मी तथा श्रमजीवि पत्रकारहरुद्धारा सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमलाई पनि विशेष राहत प्याकेज घोषणा गर्न र सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम दोब्बर वृद्धि गर्न माग गर्दछ ।

६) सूचना विभागबाट यसअघि प्रदान गरिदैं आएको लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको भुक्तानीलगायतको काम हाल विज्ञापन बोर्डबाट गरिदैं आएपनि समयमै भुक्तानी नगर्ने, आफैंले पेज तोक्ने, सेवा सुविधाको बहानामा तीन प्रतिशत कट्टा गर्ने तथा अनावश्यक झन्झट दिने काम हुँदै आएकाले तत्काल सच्याउन यो महाधिवेशन माग गर्दछ ।

७) यो महाधिवेशन श्रमजीवि पत्रकारहरुले सञ्चालन गर्दै आएका स्वरोजगारमूलक मिडिया प्रवर्धनका लागि तत्काल समानुपातिक विज्ञापन वितरण सुरुवात गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदछ ।

८) चालु आर्थिक वर्षमा बजेटमा व्यवस्था गरिएको अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन दिने नीति तत्काल कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ ।

९) सञ्चारकर्मीले खरिद गर्ने सञ्चार सामग्रीहरुमा अनुदान र सञ्चारकर्मीसहित सञ्चारगृहहरुका लागि सवारी साधन खरिद प्रक्रियामा कर तथा भन्सार छुटका लागि नीतिगत पहल गर्न यो महाधिवेशन माग गर्दछ । साथै, सञ्चारगृहका लागि विद्युत महसुल छुटको व्यवस्था सुरु गर्न र नेपाल टेलिकमले सञ्चार संस्थाको टेलिफोन महसुलमा दिँदै आएको छुट कटौती गरेकाले उक्त निर्णय सच्याई छुट यथावत कायम गर्न माग गर्दछ ।

१०) श्रमजीवि पत्रकार ऐन, २०५२ को अहिले पनि अधिकांश सञ्चारगृहले पूर्ण कार्यान्वयन नगरेकोप्रति यो महाधिवेशन खेद व्यक्त गर्दछ । साथै त्यस्ता सञ्चारमाध्यमलाई सरकारबाट उपलब्ध हुने सबै प्रकारका सेवा सुविधा तत्काल रोक्न माग गर्दछ         

अहिले पनि तीनै तहका सरकारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुनै न कुनै बहानामा कुण्ठित गर्ने गरी कानुनहरु बनाउने क्रम नरोकिएकोप्रति आपत्ति जनाउँदै प्रेसमैत्री कानुन बनाउन यो महाधिवेशन माग गर्दछ ।

१२) कुनै पनि बहानामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिडियामा हुने विदेशी लगानी रोक्न यो महाधिवेशन माग गर्दछ ।

१३) सञ्चार सम्बन्धी संरचना, सञ्चारमाध्यम र सञ्चार सामग्रीमा समावेशिता सम्बन्धी सिद्धान्तलाई कार्यान्वयन गर्न यो महाधिवेशन माग गर्दछ ।

१४) महिला, दलित, जनजाती तथा सिमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारसमक्ष यो महाधिवेशन ध्यानाकर्षण गराउँदछ । साथै, पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुको निरन्तरताको सुनिश्चितता गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।

१५) जनपक्षीय पत्रकारितालाई संख्यात्मक र गुणात्मक वृद्धि गर्दै मुलधारको पत्रकारिताको नेतृत्व गर्न यो महाधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।

१६) नेपाल सरकारले स्थापना गर्न लागेको आमसंचार प्रशिक्षण प्रतिष्ठान चितवनको भरतपुरमा निर्माण गर्न नेपाल पत्रकार महासंघले समेत निर्णय गरेकाले यथासिघ्र निर्माण प्रक्रिया अघि बढाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराइन्छ । साथै, सबै प्रदेशमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाका लागि तत्काल पहल गर्न यो महाधिवेशन जोडदार माग गर्दछ ।

१७) यो महाधिवेशन देशभरका श्रमजीवि पत्रकारहरुलाई दुर्घटना बीमाका साथै स्वास्थ्य बीमा अनिवार्य लागू गर्न माग गर्दछ । तत्कालका लागि देशभरका अस्पतालमा पत्रकार र तीनका परिवारको निःशुल्क स्वास्थ्य उपचार गराउन माग गर्दछ ।

१८) भरतपुर महानगरद्धारा गौरवका आयोजना अन्तर्गत सिटी हल, ६ लेन सडक, अन्तराष्टिय क्रिकेट रंगशाला लगायत ठूला परियोजना निर्माणका क्रममा रहेको र
नेपाल सरकार नगर विकास कोषको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरुको विकास नमूना योग्य भएको, नेपालको सबै महानगर मध्ये सबैभन्दा कम बेरुजु देखिएको, चार वर्षमा ६ सय कि.मी कालोपत्रे गरिएको, महानगरभित्र ५० वटा पर्यटकीय क्षेत्र पहिचान गरी पर्यटन प्रबर्धनको काम गरिरहेको भरतपुर महानगरपालिकालाई थप हौसला प्रदान गर्न प्रदेश तथा संघ सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ ।

१९) यो चौथो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न किसिमका भूमिका निर्वाह गर्नुहुने प्रेस सेन्टर चितवन शाखा, भरतपुर महानगरपालिका, होटल एसोसिएशन, कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना व्यक्त गर्नुहुने पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अतिथिहरु नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, समाजवादी प्रेस संगठनका संयोजक शम्भु श्रेष्ठलगायत अन्य अतिथिहरुका साथै आयोजक, प्रतिनिधि, पर्यवेक्षक शुभेच्छुक, शुभचिन्तक, सहयोगीदातालगायत सम्पूर्णमा यो महाधिवेशन विशेष धन्यवाद ज्ञापन गर्दछ ।

चितवन घोषणापत्र मस्यौदा लेखन (२०७८) समिति
संयोजकः दुर्गाप्रसाद भण्डारी
सदस्यहरुः
भानुभक्त आचार्य
टेनिस रोका
कोपिला बिएम
राधा नेपालि 

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg