Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रेस सङ्ग्रहालयप्रति सरकार सकरात्मक :- सञ्चार मन्त्री कार्की

Screenshot_20220703-16524-1656846688.png

सम्झना पौडेल काठमाडौ /थाहापाटी 
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताउनुभएको छ । 
वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको सङ्ग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ । 
आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्नेक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । 
सङ्ग्रहालय र काउन्सिलभित्र रहेका अनलाइन, रेडियो, प्रिन्ट र छापा माध्यम अनुगमन संयन्त्रबारे अवलोकनपछि बोल्दै उहाँले सेवा, सुविधा बढेसँगै काउन्सिलको प्रभावकारिता बढ्दै जानुपर्ने सुझाव समेत राख्नुभयो । काउन्सिललाई उदाहरणीय संस्था बनाई नेपाली प्रेसको अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव उहाँको थियो । 
त्यसक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ, मर्यादित, सन्तुलित र जिम्मेवार पत्रकारिता विकासका लागि नयाँ नयाँ कामको थालनी काउन्सिलबाट भइरहेको जानकारी दिनुभएको थियो । 
काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, प्रेस सङ्ग्रहालयबारे जानकारी दिनुभयो । उहाँले मिल्दादुल्दा नामका अनलाइनलाई सुचीकरण नगर्ने, अनलाइन दर्ता अघि अनिवार्य अभिमुखीकरण कक्षामा बस्नुपर्ने, आचारसंहिता उलङ्घन गर्नेलाई आचारसंहिताको कक्षा दिइने गरेको, आचारसंहितालाई विभिन्न भाषामा अनुवाद गरिएको लगायतका कामहरू भएको जानकारी दिनुभयो । 
प्रेस काउन्सिल कर्मचारी विनियमावली र प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली तत्काल संशोधन गर्नुपर्ने, प्रेस काउन्सिल ऐन २०४८ मा उल्लेख भएका कतिपय प्रावधान संसोधनका लागि पेस भएकाले शीघ्र अघि बढाउनुपर्ने, काउन्सिलालई स्रोतसाधन सम्पन्न बनाउनका लागि बस्नेतले सरकारको ध्यानाकर्षण समेत गराउनुएको थियो । 
उपप्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनुभयो । 
सञ्चार मन्त्री कार्की र सञ्चार सचिव डा. वैकुण्ठ अर्याल सञ्चार ग्राम अवलोकन गर्नेक्रममा काउन्सिल पुग्नुभएको थियो । 
भ्रमणकाक्रममा मन्त्री कार्कीलाई अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य एवं पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल, अर्का सदस्य दुर्गा भण्डारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg