himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रारम्भिक बाल बिकास कार्यक्रम लागि टोल भेला

thaha1-1629450554.jpg

स्वस्थ बालबालिका नै राष्ट्रका भबिस्य हुन् भन्ने नारालाई कार्यक्रमको आधार मान्दै आज भदौ ४ गते शुक्रबारको दिन थाहा-३ स्थित बिकास घरमा बालबालिका सपना परियोजना  अन्तर्गत प्रारम्भिक बाल बिकासको  अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।   प्लान इन्टरनेसनल नेपाल र एकीकृत ग्रामिण बिकास सेवा हेटौंडा मकवानपुरको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा पालुङ स्वास्थ चौकी र दामन शहरी स्वास्थ केन्द्रका कर्मचारीहरुले कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रस्तोता पुनम पाख्रीनले प्रारम्भिक बाल बिकासको निम्ति सुनौलो हजार दिनहरुले शिशुहरुको सर्वाङ्गिण शारीरिक तथा मानसिक बिकासको लागि अहम् भुमिका निर्वाह गर्ने बताए। त्यसै गरि २ वर्षको अवधिमा बच्चाहरुको ८०५ दिमागी वृद्धि-बिकास हुने भएकोले अत्यावश्यकिय पौस्टिक तत्वहरु खुवाउनुपर्ने बताए अनि नवजात शिशुहरुले कालो-सेतो मात्र रङको पहिचान गर्न सक्ने र इन्द्रियहरुको राम्रो बिकासको निम्ति  थरीथरीका  खाना,रंग,आवाज,स्पर्स अनुभव र गन्धको पनि अनुभव गराउदै हुर्काउदा शिशुहरु अझ स्वस्थ हुने रहस्य खुलाए।

कार्यक्रमका  अतिथी जनकल्याण मा.बि.का प्रधानाध्यापक सानुभाई कार्किले मान्छेको जीवन गर्भावस्था देखिनै सुरु हुने र मर्णोपरान्त सम्म पनि शारीरिक परिवर्तन हुने अनि नयाँ कुराहरु सिक्ने हुनाले बच्चाहरुको शारीरिक ,मानसिक र  चेतना बिकासको निम्ति अभिभावकहरुको प्रमुख दायित्व हुने बताए साथै बच्चा जन्माउने उ्चित उमेर पुगेपछि मात्र सन्तानको योजना बनाउदा बुद्धिमानी हुने उक्त अभिमुखिकरण कार्यक्रमले शिक्षा दिएको बताए।

त्यसैगरी कार्यक्रमका बिशेष अतिथी थाहा-३ का अध्यक्ष  तथा सभापति राजेश  केसीले स्वस्थ बालबालिकाहरुले नै राम्रो शिक्षा ग्रहण गर्न सक्ने र जुन घरमा बच्चाहरुलाई स्वस्थ वातावरणमा हुर्काईन्छ त्यस्ता बालबालिकाहरु नै दिर्घजिबी र बुद्धिमानी हुने बताए।। कार्यक्रममा पालुङ स्वास्थ्य चौकीका प्रमुख शक्ति चौरासिया र बाल कुमारी ढकाल,वडा सचिब पाल्साङ लामा,जनप्रतिनिधिहरु,वडा नं.३ र ४ का बजार ब्यबस्थापनका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु र थाहापाटिको संचारकर्मीहरुको  सहभागिता रहेको थियो।।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg