pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा जनकल्याण प्रथम

424958454_130724450329838-1706881181.jpg

थाहानगर, थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको थाहा नगरकै प्रतिष्ठित बिद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सवमा आयोजित थाहा नगर स्तरीय प्राथमिक तह अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगितामा आयोजक जनकल्याण प्रथम भएको छ भने किल्फटन एकेडेमी चित्लाङ दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो हुन सफल भएका छन।
नगर भित्रका २४ वटा प्राथमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा पालुङ अङ्ग्रेजी आवासीय विद्यालयले सान्त्वना जित हात पारेको छ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयले ९ हजार ९ सय ९९ रुपैयाँ तथा प्रमाणपत्र दोस्रो हुनेले सात हजार सातसय सात रुपैयाँ र प्रमाणपत्र तथा तेस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताको निर्णायकहरुमा नव क्षितिज कला केन्द्रका श्रीकृष्ण श्रेष्ठ र कृति लो रहेका थिए ।
तेसै गरि ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टले थाहा नगरपालिका भित्र रहेका विद्यालय हरुको शैक्षिक गुणस्तर सुधार गर्नको निम्ति सामुहिक सुझावको आश गरेको बताउदै आएको सुझाव लाई नीति बनाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै जनकल्याण माबीको आफ्नो ५६ औं वार्षिकोत्सवको शुभकामना प्रदान गर्नुभयो।
कार्यक्रम उद्घाटनपुर्व, विद्यार्थी हरुले प्रभात फेरि गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो भने नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,प्याब्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,पालुङ रेडक्रस सोसाइटीका सभापति केदार प्रसाद विडारी,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,पुर्व विद्यार्थी कालिचरण बस्नेत,स्थानीय स्काउट थाहा नगरका संयोजक गणेशमान श्रेष्ठ,जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाक,थाहा नगर शिक्षा समिती सदस्य अर्जुन सुनार,दामन कृषि सहकारीका कोषाध्यक्ष रामशरण खत्री,लगायत विद्यालय व्यवस्थापन समिती सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
बिद्यालयले बार्षिकोत्सब समारोह समिति गठन गरी माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिन विविध कार्यक्रम सञ्चालन गरिने बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए ।
त्यस्तै २० गते जनकल्याण माबिको बिगत, बर्तमान र भविश्य बिषयक पूर्व बिद्यार्थी अन्तरक्रिया कार्यक्रम र माटो परीक्षण कार्यक्रम हुने र २१ गते स्थानीय समुदायको सरसफाईका साथै सम्मान पुरस्कार वितरण र समापन कार्यक्रम गरिनेछ ।

२०२५ मा स्थापना भएको बिद्यालयमा हाल साधारण तर्फ बालबिकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको छ । कक्षा ११ र १२ मा साधारण तर्फ मानबिकी, ब्यबस्थापन, शिक्षा शास्त्र र बिज्ञान संकायको अध्ययन भइरहेको छ । प्राबिधिक तर्फ कक्षा ९ देखि १२ सम्म बाली बिज्ञान र सिटिभिटि अन्तरगतको ३ बर्षे डिप्लोमा इन प्लान्ट साईन्स अध्यापन भइरहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...