Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रशासनद्वारा थाहानगरमा निषेधाज्ञा जारी, हेर्नुहोस् के गर्न पाइन्छ, के गर्न पाइदैन ?

nisedhayga-1597753089.jpg

जिल्ला प्रशासन कार्यलय मकवानपुरले थाहा नगरपालिका क्षेत्रभर लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ । थाहा नगरपालिाकाको सिफारिसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा आज मंगलबार मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले थाहानगरमा ७ दिनको लागि निषेधाज्ञा जारी गर्न स्थानीय प्रशासनलाई सिफारिश गर्ने निर्णय गरेको थियो । आजै जिल्ला सुरक्षा समितिको बैठकले थाहानगरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा आज मंगलबार राती १२ बजेदेखि भदौ ९ गते राती १२ बजेसम्म कायम रहनेछ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा औषधि उपचार, खाद्यवस्तु खरिद, उत्पादित तरकारी विक्रीबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाइने छैन । एम्बुलेन्स विरामी बोकेको गाडी, खाद्य वस्तुु, तरकारी, दूध, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शब वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीको दाना बोक्ने गाडी, संचारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त, थाहा नगरपालिकाबाट सिफारिश प्राप्त, सवारी साधनबाहेक कुनै पनि प्रकारको सार्वजनिक, निजी, सवारीहरु मोटरसाइकलसमेत संचालन गर्न पाइने छैन ।

त्यसैगरी, स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरुबाहेक सबै सरकारी, निजी, गैरसरकारीबाट प्रदान गरिने जनसम्पर्क हुने नियमित सेवा संचालन गन रोक लगाइएको छ ।

वित्तीय संस्थाहरुमा रकम जम्मा गर्ने र भुक्तानी लिने तथा रेमिट सेवाबाहेक सबै बन्द हुने छ । यीे सेवा १ बजेसम्म मात्र संचालन रहनेछ । अत्यावश्यक सेवा वाहेकका सबै सवारी साधनहरु बेलुका ७ बजेदेखि विहान ६ बजेसम्म संचालन गर्न पाइने छैन । नगर क्षेत्रबाट निर्यात गर्ने सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा बेलुका ७ बजेभित्र नगरको नाका पार गरिसक्नु पर्ने आदेशमा भनिएको छ । कुनैप्रकारको भेला जमघट गर्न पाइने छैन ।

तर, खाद्यान्न तथा तरकारी पसलको हकमा विहान ६ बजेदेखि ९ बजेसम्म सुरक्षा मापदण्ड अपनाएर संचालन गर्न पाइनेछ । तरकारी संकलन केन्द्र संचालक व्ययसायीहरुले व्यवसाय संचालन गर्दा तथा ढुवानी गर्दा सुरक्षा मापदण्ड अपनाउनु पर्ने छ । अन्य जिल्लाबाट नगर प्रवेश गर्ने अत्यावश्यकीय सवारी साधनलाई अवरोध नहुने आदेशमा जनाइएको छ ।

नगरपालिकाको अनुमतिको आधारमा संचालन भइरहेका विकास निर्माणका कामहरु नरोकिने र कृषकहरुलाई आफ्नो खेतबारीमा काम गर्न रोक नलगाइने आदेशमा उल्लेख गरिएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg