himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रदेश–३ मा ११६ जना कानुनी सहजकर्ता आवश्यता
१२ पास गरेकाले आवेदन दिन सक्ने

pardesh-1564479130.png


 
अन्यायमा परेकालाई कानुनी प्रक्रियाको बारेमा जानकारी दिनुका साथै अदालत तथा प्रहरीमा न्यायिक पहुँजको लागि सहजीकरण गर्ने उद्देश्यले प्रदेश–३ का सबै स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्त गरिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका काठमाडौं, ललितपुर र भरतपुर महानगरबाहेकका एक सय १६ वटा स्थानीय तहमा एक एक जना कानुनी सहजकर्ता करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरेको हो ।

‘प्रदेश सरकारको पहिचान, निशुल्क कानुनी जनसहायता अभियान’ भन्ने नाराका साथ मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेशभित्र रहेका ७४ वटा गाउँपालिकामा कानुनी सहजकर्ता खटाएको थियो । ती सहजकर्ताको एकवर्षे करार सकिएसँगै नगरपालिका र उपमहानगरपालिकामा समेत संख्या थप गरी मन्त्रालयले चालु आर्थिक वर्षको लागि एक सय १६ जना कानुनी सहजकर्ताको लागि दरखास्त आह्वान गरेको छ । साउन ९ गते १५ दिने सूचना आह्वान गरी सहजकर्ताको लागि मन्त्रालयले सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिमार्फत निवेदन माग गरेको हो ।

प्रदेश सरकारले कानुनी सहजकर्ता नियुक्तको लागि स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्ति सम्बन्धी कार्य्विधि–२०७६ समेत बनाएको छ । एक वर्षे करार सेवाको लागि उनीहरुलाई नेपाल सरकारको नायब सुब्बा सरहको सेवा सुविधा उपलब्ध गराइनेछ । १२ कक्षा पास गरेकाले आवेदन दिन सक्ने बताइएको छ । प्रदेशभित्र विभिन्न अन्यायमा परेका महिला, दलित, अपाङ्ग, द्वन्द्वपीडित तथा गरिबीको रेखामुनि रहेका व्यक्तिलगायत विभिन्न वर्ग समुदायलाई कानुनी सहायता दिने उद्देश्यले करारमा कानुनी सहजकर्ता नियुक्त गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।


कानुनी सहजकर्ताले सम्बन्धित स्थानीय तहको कार्यालयमा बसी कानुनी प्रक्रियाको बारेमा जानकारी दिने, अदालत तथा प्रहरीमा न्यायिक पहुँजको लागि सहजीकरण गर्ने, सरकारी कार्यालयमा निवेदन तयार पार्न तथा सार्वजनिक सेवा प्राप्तिको बारेमा सेवाग्राहीलाई जानकारी दिने काम गर्ने सचिव श्रेष्ठले बताए । आवश्यकताअनुसार स्थानीय न्यायिक समितिलाई सहयोग गर्ने तथा प्रदेशका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनमा पनि सहजकर्ताले सहयोगीको भूमिका निर्वाह गर्नेछन् ।

सहजकर्ताको छनौट गर्नको लागि जिल्लाको जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा मन्त्रालयका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयले तोकेको तीन सदस्यीय छनौट समिति कार्य्विधिमा तोकिएको छ । कार्य्विधिअनुसार कानुन विषय अध्ययन गरेको तथा सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दाले सहजकर्ताको लागि बढी प्राथमिकता पाउनेछन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगामी भदौको अन्तिमसम्ममा सहजकर्ता नियुक्ति भई सम्बन्धित स्थानीय तहमा खटाइसकिनेछ । छनौट भएका सहजकर्तालाई मन्त्रालयले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ । साभार 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg