Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

प्रतिबन्धित लागुऔषध सहित थाहा २ का एक युवक पक्राउ

FB_IMG_1772452729123-1772453188.jpg

मकवानपुरको थाहा नगरपालिका–२, अंगारेमा प्रतिबन्धित लागू औषधजन्य पदार्थसहित एक युवक पक्राउ परेका छन्।
फागुन १६ गते दिउँसो करिब १२:३० बजे उक्त क्षेत्रमा अवैध लागू औषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोली खटिएको थियो। चेकजाँचका क्रममा भाङ्गखोरियाबाट पालुङतर्फ आउँदै गरेको बा.३१ प ३३४३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक वर्ष २५ का सागर देउलाको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित लागू औषधजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीमा Nitrazepam Tablets I.P 10g लेखिएको १२ चक्की, Spaspain लेखिएको ३० चक्की, Stagan 25 लेखिएको १० चक्की र Tramadol Hydrochloride Capsules IP 50mg लेखिएको ३० चक्की रहेका छन्। साथै नगद रु. ३३ हजार १९०, Vivo कम्पनीको दुई सिमकार्ड प्रयोग भएको एक थान स्क्रिन टच मोबाइल फोन र बा.३१ प ३३४३ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका देउलाविरुद्ध लागू औषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी मिति २०८२ फागुन १७ गते मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg