pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पैदलयात्रीबाट असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन

1742308004679-1742350861.jpg

 

 

 

 चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ ।

मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क असुली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाडौँमा केबुलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सलाई सोमबार पत्राचार गर्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएको हो । 

वडाध्यक्ष राजकुमार बलामीले भालेश्वर मन्दिरसम्म जाने पैदलमार्ग अन्तर्गत चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर उक्त मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भएको बताउनुभयो । सोही आधारमा उहाँले उक्त कार्य तत्काल रोकी उक्त पैदलमार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पनि पैदलयात्रीलाई आवतजावतमा रोकावट नगर्नसमेत लिखित निर्देशन दिनुभएको छ । निर्देशनमा यात्रीलाई आवतजावतमा रोकावट नगर्न र चेकपोइन्टमा राखिएका सामग्रीसमेत सात दिनभित्र हटाइदिन भनिएको छ ।

यसअघि वडाध्यक्ष बलामीले एक सूचना जारी गर्दै वडा कार्यालयले वडा कार्यालय र चन्द्रागिरि हिल्स प्रालिबिच भएको सहमतिबमोजिम नै शुल्क लिएको भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाउनुभएको थियो । उहाँले चन्द्रागिरि हिल्ससँग शुल्क लिनेबारे थाहा नगरपालिका–९ वडा कार्यालय तथा वडाध्यक्षबाट कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ । कुनै लगानीबिना मन्दिरमा गएको र वन क्षेत्रमा हिँडेको समेत रसिद काटेर यात्रुसँग असुली गरेको भन्दै सार्वजनिक रूपमा चन्द्रागिरि हिल्सको विरोध हुन थालेपछि वडा कार्यालयले सूचना नै जारी गरेर उक्त कार्य रोक्न निर्देशन दिने निर्णयमा पुगेको हो । 

कम्पनीले थाहाका नगरप्रमुख, उपप्रमुख र वडा नं. ९ का वडाध्यक्षसँगको सहमतिमा सडक मर्मत र सरसफाइका लागि पैदलयात्रुसँग एक सय रुपियाँ उठाउँदै आएको जिकिर गरेको छ । 

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले चन्द्रागिरि हिल्ससँगको सहमति उल्लङ्घन गर्दै नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएकामा आफूहरूले असहमति जनाउँदै आएको जानकारी दिनुभयो । उहाँले थाहा नगर, इन्द्रसरोवर र चन्द्रागिरिका बासिन्दासँग नलिने अरूसँग लिने गरेकामा पनि पछि आफूहरूले आपत्ति जनाउँदै कोहीसँग पनि अनधिकृत रूपमा लिन नपाउने व्यवस्थापनलाई सुझाएको बताउनुभयो ।

यस्तै थाहा नगरपालिकाका ९ र १० नं. वडा चन्द्रागिरि नगरपालिकाका केही वडा, इन्द्रसरोवरका ४ र ५ नं. वडाका बासिन्दालाई केबुलकार भाडामा छुट दिने गरेको आफूहरूको तीन वटै पालिकाका सबै नागरिकले छुट पाउन पर्छ भनेपछि २५ प्रतिशत छुट दिने गरी सहमति भएको उहाँले सुनाउनुभयो । स्थानीयलाई परिचयपत्रका आधारमा केबुलकार भाडामा २५ प्रतिशत छुट दिने गरी सहमति भएको छ ।

यस्तै वडा नं. ९ का वडाध्यक्ष बलामीले चन्द्रागिरि हिल्सले नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएको जानकारी आएपछि यसअघि रोक्न दबाब दिएपछि रोक्ने प्रतिबद्धता कम्पनीले जनाएको बताउनुभयो ।  केबुलकार सञ्चालनमा आउनुभन्दा अघिबाट प्रयोग हुँदै आएको पुरानो पैदलमार्गमा शुल्क लगाइएको हो ।

यसैबिच मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ वडा कार्यालयले भालेश्वर मन्दिर र वनमा जान प्रवेश शुल्क उठाउन चन्द्रागिरि हिल्सलाई वडा कार्यालयले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको जनाएको छ ।

वडाध्यक्ष दुतराज तितुङले चन्द्रागिरि हिल्सले शुल्क उठाउँदै आएको विषयमा ध्यानाकर्षण भएको भन्दै मङ्गलबार जारी सूचनामा सार्वजनिक वन र मन्दिरमा जाँदा कुनै शुल्क बुझाउनु नपर्ने बताउनुभएको छ । 

उहाँले भालेश्वर मन्दिर जान पैदल यात्रुसँग प्रवेश शुल्क लिइएको जनगुनासो आएको र पैदल यात्रुसँग प्रवेश शुल्क उठाउने विषयमा चन्द्रागिरि हिल्सलाई यस वडाले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको बताउनुभयो । वडाध्यक्ष तितुङद्वारा जारी सूचनामा भनिएको इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ को समेत क्षेत्रमा पर्ने पवित्र धार्मिक क्षेत्र भालेश्वर मन्दिर र वन क्षेत्रमा चन्द्रागिरि हिल्स ले पैदल यात्रुसँग प्रवेश शुल्क लिने कार्य गैरकानुनी रहेकाले तत्काल सो कार्य बन्द गर्न यसै सूचनाद्वारा निर्देशन दिइएको छ । साथै हालसम्म सङ्कलित रकम नेपाल सरकारलाई फिर्ता गर्न अनुरोध गरिएको छ ।

FB_IMG_1742350991848-1742351005.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...