jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पुनर्जन्मका विषयमा गहिराइमा पुगेर बहस हुनुपर्छ’

1755962007793-1755962022.jpg

काठमाडौँ, ७ भदौः नेपालमा मानिने प्रमुख धर्महरूले पुनर्जन्मलाई मानेकाले यस विषयमा गहिराइमा पुगेर बहस गरिनुपर्नेमा जोड दिइएको छ ।

नेपाल समाज मिडिया प्रालिले आज यहाँ आयोजना गरेको ‘नेपालका धर्ममा पुनर्जन्मको अवधारणा’ विषयक अन्तरक्रियामा वक्ताहरूले प्राचीनकालमा भारतवर्षका नालन्दा, तक्षशिला र विक्रमशिलालगायत विश्वविद्यालयमा यस्ता विषयमा शास्त्रार्थ हुने गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा हिन्दू जागरणका संस्थापक अध्यक्ष आचार्य रामकृष्ण उपाध्यायले वैदिक दर्शनमा पुनर्जन्मको धारणामाथि विचार राख्नुभएको थियो ।

शुक्ल यजुर्वेदको तेस्रो अध्यायको ३५औँ मन्त्रमा सूर्य जसरी अस्ताएर फेरि उदाउँछ त्यसरी नै मानिसको पनि पुनर्जन्म हुने विषयको व्याख्या गरिएको उहाँले जानकारी गराउनुभयो । वेदका साथै रामायण, महाभारतलगायत ग्रन्थमा पनि पुनर्जन्मका विषयमा धेरै चर्चा गरिएको उपाध्यायले सुनाउनुभयो ।

लेखक वसन्त महर्जनले बौद्ध धर्मको थेरावादमा पुनर्जन्मको अवधारणा विषयमा विचार राख्दै धेरै पुण्य गर्ने मानिस अर्को जन्ममा पनि मान्छे नै भएर जन्मने विषय उल्लेख गरिएको जानकारी दिनुभयो । कर्म सिद्धान्तका आधारमा पुनर्जन्म निर्धारण हुने थेरावादको मत रहेको उहाँले सुनाउनुभयो ।

नेपाल बौद्ध महासङ्घका पूर्वअध्यक्ष आचार्य नोर्बु शेर्पाले गुरु रिम्पोछे नै पुनर्जन्मको उदाहरणका रूपमा रहनुभएको बताउनुभयो । कर्म र क्लेशका आधारमा पुनर्जन्मपछिको अवस्था कस्तो हुन्छ भनी निर्धारित हुने विषय महायानका अभिधर्मकोशलगायत ग्रन्थमा वर्णन गरिएको उहाँले उल्लेख गर्नुभयो । मानिसमा पूर्वजन्मदेखिकै चित्तधारा बगिरहेको हुने विषय पनि त्यस्ता ग्रन्थमा लेखिएको शेर्पाको भनाइ थियो ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले पुनर्जन्म सम्बन्धमा नेपालमा अभ्यासमा रहेका मुख्य धर्मका आचार्य गुरुहरूबाट धेरै विषय प्रस्तुत भएकाले आगामी दिनमा विस्तारमा यससम्बन्धी कार्यक्रम राख्न सुझाव दिनुभयो । नेपालमा मानिने मुख्य धर्म हिन्दू र बौद्धमा पुनर्जन्मलाई माने पनि ती दुवैमा भएका भिन्नताका बारेमा पनि प्रष्ट हुने आवश्यक रहेको भनाइ विचार थियो ।

नेपाल बौद्ध महासङ्घका संस्थापक अध्यक्ष खेन्पो ग्यूर्मे छुल्ट्रिमले पूर्वीय दर्शन क्षेत्रका चार्वाकबाहेक सबै पूर्वदार्शनिकले पुनर्जन्मलाई मानेर आएको बताउनुभयो । हिन्दू र बौद्ध दुवैले पुनर्जन्मलाई माने पनि परिभाषाको मतमा भने केही भिन्नता रहेको उहाँले जानकारी गराउनुभयो ।

आयोजक समितिका अध्यक्ष धु्रव पौडेलले पुनर्जन्मसम्बन्धी विषयका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...