himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पिपिआर खोप अभियान:-पहिलो दिन थाहाका २३ सय बाख्राहरुमा लगाइयो।

1709218172748-1709218188.jpg

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा आज पहिलो दिन २३ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ । थाहाको वडा जनप्रतिनिधि हरुसंगको  सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान सञ्चालन हुने मिश्रले बताए।

प्रत्येक पालिकाको पशु शाखा तथा खोपकर्ताहरु परिचाल गरेर अभियानको रुपमा पशु सेवा केन्द्र मकवानपुरले पिपिआर विरुद्धको खोप लगाइरहेको उनले बताए । पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

पिपिआर रोगबाट बचाउनका लागि थाहाका  किसानहरुले पालेका बाख्रालाई निःशुल्क खोप लगाइन लागिएको थाहा नगर पशु शाखा प्रमुख डाक्टर निकाश ब्लोनले जानकारी दिए । थाहा नगरमा १७ हजार डोज खोप प्राप्त भएको बताइएको छ । खोपका लागि सबै वडामा अहिले खोपकर्ताहरु परिचालन गरिएका छन् । उनिहरुले गाउँगाउँमा गएर खोप लगाइरहेका छन ।

बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्र बताउछन। बाख्राहरुलाई पिपिआर विरुद्धको खोप लगाउन पनि सबै किसानलाई आग्रह गरिएको छ ।
अभियान २२ गते सम्म चल्ने छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg