Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङ बितरण केन्द्रले २५ लाख बक्यौता उठायो,

1699025220240-1699025243.jpg

थाहा नगर कार्तिक १७ नेपाल विद्युत प्राधिकरणले ६० दिन भन्दा बढीको वक्यौता महशुल नतिर्ने उपभोक्ताहरुको लाईन काट्न अभियान संचालन गरेपछि पालुङ वितरण केन्द्रले वक्यौता नतिर्ने १ सय ५० उपभोक्ताहरुको लाईन काटी २५ लाख वक्यौता महशुल उठाएको छ । 
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता २ करोड नाघेपछि पछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान शुरु गरेको हो । 
विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ्ग भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान रहे अनुसार  पटक पटक सार्वजानिक सूचना मार्फत जानकारी गराउँदा पनि अटेर गरि महशुल नबुझाउने ग्राहकको लाईन काट्न शुरु गरिएको पालुङ वितरण केन्द्रका  प्रमुख माधव न्यौपानेले बताउनु भयो । 
केन्द्रले अभियान अन्तर्गत वक्यौता नतिर्ने ५ वटा क्रशर तथा वालुवा उद्योग सहित १३ वटा औधोगिक १८ वटा व्यावसायिक ४ वटा सरकारी कार्यालय सहित अन्य ग्राहस्थ उपभोक्ताहरुको लाईन काटिसकिएको  र 
अभियान अन्तर्गत पहिलो चरणमा ६० दिन नाघेका मध्ये १० हजार भन्दा बढी विद्युत महशुल वक्यौता हुने ग्राहकहरुको लाईन काटिएकोे र हाल ३ हजार भन्दा बढीहुने उपभोक्ताहरुकोे लाईन काट्ने अभियान चलिरहेको र निरन्तर संचालन गरि बाँकी वक्यौता रहेका सबै ग्राहकको लाईन काटि वक्यौता अशुल गर्ने पनि प्रमुख न्यौपानेले बताउनु भयो ।  
१५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा २ करोड वक्यौता पुगे पछि महशुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको र लाईन काट्न शुरु गरेपछि काटिएका मध्ये १ सय ५० भन्दा बढी ग्राहकले महशुल बmुझउँदा २५ लाख  वक्यौता विद्युत महशुल उठाएको पालुङ वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताउनु भयो ।
पालुङ वितरण केन्द्रलाई  हाल अस्तित्वमा नरहेको नेपाल रोप–वेले रु ७९ लाख बुझाउन बाँकी हुँदा उक्त रकम कालो सुचीमा छ ।  उक्त रकम अशुलीका लागि विभागिय प्रयास शुरु गरेको पनि पालुङ प्राधिकरणले जनाएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg