Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहामा ६२ औ राष्ट्रिय सहकारी दिवस मनाइयो


पालुङ बहुउद्देश्यीय सहकारीले आज  बुधबार  थाहा नगरपालिका वडा नम्बर ४ थानाबजार स्थित आफ्नो सभाहलमा  ६२ औ राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाएको छ ।‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराको साथ थाहा नगरमा रहेका सहकारीहरुलाई समेटेर छलफल कार्यक्रम गरेको हो ।
 
पालुङ बहुउद्देश्यीय सहकारीसंस्थाका अध्यक्ष पुरुषेत्तम कार्कीको सभापतित्वमा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खडग बहादुरा गोपालीको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्ष कार्कीले बिषय प्रवेश गराउँदै सुरु भएको छलफल कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख गोपालीले स्थानिय कानुन अनुसार चल्नकोको लागि सहकारी कानुन बनिसकेकोले कानुन अनुसर सहकारी चल्नु पर्ने भन्दै समृद्घीकोलागी सहकारी प्रमुख खम्वा भएकोले ठूला प्रोजेक्टहरुमा समन्वय गरेर अघिवढ्न अनुरोध गर्नु भएको थियो वडा नम्बर ६ का वडा अध्यक्ष शशिधर सुवेदीले अहिले सहकारीहरुले पैसाको मात्रै ब्यापार गरिरहेको अवस्थामा थाहा नगगरका सहकारीहरुले कोल्ड स्टोर निर्माणमा गरेको सहकार्यको प्रसंसा गर्नुभयो ।  जिल्ला सहकारी संघका संचालक, जिल्ला बहुउद्देश्यीय सहकारीका कोषध्यक्ष निवर्तमान अध्यक्ष बिमलकुमार ढकालले सन् २०३० सम्म दिगो बिकासको लक्ष्यमा पुग्नको लागि बातावरणीय क्षतीलाई बिचार गरी बिकास गर्नु पर्ने नत्र विकासको नाममा विनाश हुने वताउनु भयो । जनकल्याण माध्याकि विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले कृषि र पर्यटनलाई सम्वन्धित वानाएर मेघा प्रोजेक्ट बनाइ हरेक ब्यक्तीको उन्नतीकोलागि अगुवाहरुले सोचेर योजना बनाएर काम गर्नु पर्ने बताउनु भयो । नेपाल कृषि विकास वैंक पालुङशाखाका प्रवन्धक प्रकाश ढुङगाले सहकारीहरुसँगको अन्तक्रिया गर्न पाउँदा खुसि लागेको वताउदै सहकारीहरुसँग समन्वय गरि दिगो विकासमा साथ दिने बताउनु भयो प्रवन्धक ढुङगानाले आफ्नो कार्यकालमा ६ देखि ८ करोड सम्मको मेघा प्रोजेक्टमा लगानी गर्न तयार रहेको बताउनु भयो ।
पालैपालो मन्तव्य राख्न दिइएको छलफलकार्यक्रममा थाहा स्वास्थ्य सहकारीका अध्यक्ष हरिकृष्ण कार्कीले दिगो विकासको नाममा पर्यावरणि हस आउने कार्य गर्न नहुने भन्दै सहकारी सम्वन्धि कविता सुनाउनु भएको थियो । ग्रामिण पर्यटन सहकारीका अध्यक्ष निरञ्जन अधिकारीले नाम फरक भएपनि सबै सहकारीको काम बचत र ऋण मात्रै भैरहेकोले विषयगत काम गर्नु पर्ने र काम भए नभएको स्थानिय सरकारले अनुगमन गर्नु पर्ने बताउनु भयो । शिखर बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन बिष्टले सिप सहित मानिसको जिवन स्तर उकास्ने योजना दिनुपर्ने र सकारीहरुको देखिने गरिनै सहकार्य आवस्यक भएको वताउनु भयो । स्वच्छन्द साना किसान कृषि सहकारी थाहा ९की अध्यक्ष शारदा लामिछानेले सहकारी दिवस एकै ठाउँमा अनुभव आदान प्रदान गर्दा दिगो विकासका योजनामा सहकार्य गर्नसकिने भएको पालैपालो दिवस मनाउने कार्यक्रम गर्दा राम्रो हुने बताउनु भयो । बज्रवाराही बचत तथा ऋण सहकारीका अध्यक्ष फणिन्द्र सुवेदीले स्थानिय सरकारको कानुन प्रभावकारी बनाएर सहकारीहरुसंग सहकार्यगर्नु पर्ने धारण राख्नु भएको थियो ।
छलफल कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली, इलाका प्रहरी कार्यालयका प्रहरि निरिक्षक लोक बहादुर गुरुङ, जनसक्ति कृषि सहकारिका अध्यक्ष विमल केसि, चेतनशिल बचत तथा ऋण सहकारिकी अध्यक्ष कविता विष्ट, पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन कार्की, साना किसान बज्रवाहिकी धौवानी गोपाली, प्यासिफिक वचत तथा ऋण सहकारिका लेखा समिति संयोजक उद्घव लामिछाने, पालुङ बहुउद्देश्यीय सहकारीसंस्था संचालक समितिका सदस्य नवराज बिष्ट, सदस्य जर्म श्रेष्ठ, सदस्य रोजिता ढकाल, सदस्य सुमित्रा के.सी, लेखा समिति सदस्य इच्छापूर्ण कार्की लगायत विभिन्न सहकारीका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
पालुङ बहुउद्देश्यीय सहकारीसंस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले संचालन गर्नु भएको छलफल कार्यमलाई  उपाध्यक्ष कृष्ण बहादुर बिष्टले स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष सानुकाजी गोपालिले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो  ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg