himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

पालुङ बहुउद्देश्यीयले आफ्नो स्थापना दिवस भब्यरुपमा मनायो।
४३ जनाले गरे रक्तदान ,४ जना डाक्टर सहित आदर्श दम्पती सम्मानित ।

IMG_20211224_123852_529-1640344289.jpg

पालुङ बहुउद्देश्यीय सहकारीले आफ्नो स्थापनाको २३ औ दिवस भब्य रुपमा मनायको छ।सस्थाको प्रागणमा आज भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट को प्रमुख आतिथ्य तथा नगरका उपप्रमुख खड्गबहादुर गोपाली तथा सस्थाका सस्थापक अध्यक्ष बिस्णुहरी ढकाल र निबर्तमान अध्यक्ष बिमल कुमार ढकाल  को बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।स्थापना दिवस को अबसरमा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री पिताम्बर बास्तोला,रक्तसञ्चार मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टराई रक्तसञ्चारका केन्द्र प्रमुख टंक दाहाल,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृस्ण जोशी ,माओबादी केन्द्र थाहानगर इन्चार्ज लक्ष्मण बिष्ट ,जनकल्याण माबी का प्र अ सानोभाइ कार्की ,इप्रका पालुङका प्रमुख श्रीराम तिमिल्सिना ,थाहा नगरपालिका वडा न ३ का अध्यक्ष राजेस केसि,५ का अध्यक्ष बिस्णु बहादुर गुरुङ २ का अध्यक्ष गुप्त बहादुर कार्की,सस्था का ब्यबस्थापक प्रकाश पौडेल,संचालक समितिका पधाधिकारी ,कर्मचारी ,नगरभित्र रहेका सहकारी तथा बित्तीय सस्थाका प्रमुखहरु लगायतका उपस्तिथि रहेको थियो।स्थापना दिवसका अबसरमा शुभकामना मन्तव्य दिदै नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी ले सहकारी हरुले कृषिमा लगानी बढायपनी उत्पादित बस्तुलाइ बजारीकरण गर्न नसकिरहेको अबस्थामा एस्को सुरुवात पालुङ बहुउद्देश्यीयले गर्नुपर्ने बताउनुभयो,शुभकामना दिदै अर्का अतिथी जनकल्याण माबी का प्र अ सानोभाइ कार्किले सहकारीले अब गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो तेसै गरि शुभकामना मन्तब्य राख्दै सस्थाका निबर्तमान अध्यक्ष बिमल कुमार ढकालले सस्था ले आफ्नो कार्यकाल देखि आफ्नो स्थापना दिवस मा विभिन्न सामाजिक उत्तरदायित्वको काम सुरु गरेको स्मरण गर्दै एस्ताकामको आगामिदिनमा पनि निरन्तरता पाइरहने अपेक्षा सहितको शुभकामना दिनुभयो,तेसै गरि नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री पिताम्बर बास्तोलाले रगत को अभाव भैरहेको अहिलेको अबस्थामा सस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेर राम्रो काम गरेको बताउनुभयो।शुभकामना दिदै सस्थाका सस्थापक अध्यक्ष बिष्णुहरि ढकाल ले सरकारले अब सहकारी हरुलाइ कम्पनी खोल्न सहजहुनेगरी ऐन निर्माण गरिरहेकोले आगामी दिनमा बिबिध कामगर्न सहज हुने बताउदै थाहा नगरमा रासायनिक मलको अभाव हुन नदिन सिजनमा नै मल ल्यायर स्टक गरिराख्न सुझाब दिनुभयो।२३ औ स्थापना दिवसलाइ शुभकामना दिनुहुदै प्रमुख अतिथी थाहा नगर प्रमुख लबशेर बिष्टले नगर सधै सहकारी हरुसङ सहकार्य गरेर अगाडि बढ्ने बताउदै नगरको कृषि र पर्यटन बिकासमा सधै हातेमालो गरेर अगाडि जाने बताउनुभयो साथै वहाले मल आयातमा सहजीकरण गर्न नगर तयार रहेको बताउनुभयो र यस्कोलागी आबश्यक पर्ने कानुन नीति योजना परिमार्जन गर्दै अगाडि जाने बताय।कार्यक्रममा सस्थाका २० जना जेष्ठ सदस्यहरुलाइ ब्ल्याङ्केट,हर्लिक्स दोसल्ला सहित सम्मान गरियो ( हेर्नुस नामावली ) बद्री बहादुर भट्ट ,लक्ष्मि सिंह ठकुरी ,बुद्दलक्ष्मि महर्जन ,ठुली तामाङ,बुद्धि बहादुर प्रधान ,हिरा श्रेष्ठ ,यज्ञ बहादुर कार्की,रामनानी बिष्ट ,सुनितादेबी भट्ट ,मंगलमाया गोपाली ,दुर्गा ढकाल,सीता अर्याल ,उरुमाया तामाङ ,निरकुमारी बिष्ट ,भग्वानी देबि अधिकारी ,राजेन्द्र बहादुर थापा,केन्द्रकुमारी ढकाल ,फुलमाया गोपाली,गणेश प्रसाद गौतम ,तेजकुमारी सुवेदी रहेका छन भने स्थापना दिवसको अबसरमा यो बर्ष सुत्केरी हुने सस्थाका महिला सदस्य हरु पुजा गिरि ,पुजा बिष्ट ,बिनिता अर्याल ,कमला ढकाल र शिला गोपाली लाई न्यानो झोला बितरण गरियो ।तेसैगरी एक सन्तान पछि स्थाइ बन्ध्याकरण गर्ने सस्थाका सदस्य दम्पती सुवास गोपाली र बिनाकुमारी गोपालिलाइ आदर्श दम्पती सम्मान गरियो भने सस्थामा आबद्ध सदस्यहरुका सन्तान एम बि बि एस अध्ययन गरि डाक्टर भएका ४ जना थाहा ४ का डा रिकेस कार्की थाहा ३ का गगन कार्की,पबन कार्की र अनुप अधिकारी लाई प्रसङ्गसापत्र सहित सम्मान गरियको छ।आजै सस्थाको प्रागणमा भएको रक्तदान कार्यक्रम मा ४३ जनाले रक्तदान गरेको सस्थाका सहब्यबस्थापक राम प्रसाद ढकालले जानकारी दिनुभयो ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg