pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ प्राधिकरणले ११ के.भि. लाईनको कण्डक्टर अपग्रेड गरेपछि विद्युत नियमित हुनुका साथै भोल्जेज पनि सुधार

cover-1693900769.jpg

पालुङ वितरण केन्द्रले ११ के.भि. लाईनमा कालो अर्थात ईन्सुलेशन भएको तार अपग्रेडिङ्ग गरेपछि विद्युत नियमित हुनुका साथै भोल्जेज पनि सुधार भएको छ ।
पालुङ वितरण केन्द्रको वितरित लाईनको एक मात्र स्रोत धोर्सिङ्ग सब स्टेशन बाट वितरित लाईनको धोर्सिङ्ग देखि कुलेखानी ड्याम साईड हुँदै मार्खु सम्म र ड्याम साईड देखि ईन्द्रसररोवरको कोगटे खोला सम्मको प्रशारित ११ के.भि.  लाईनमा यस आ.ब.मा कालो तार बदली गरिएको हो । 

पालुङ प्राधिकरणले धोर्सिङ देखि कुलेखानी ड्याम साईट हुँदै मार्खु सम्म र ईन्द्रसरोवरको कुलेखानी ड्याम साईड देखि कोगटे खोला सम्म तथा कुन्छाल देखि टिस्टुङ सम्म र फेदीगाँउ देखि चिसापानी सम्म ११ के.भी लाईनमा नाङ्गो तार हटायर कालो तार हालेको छ । 
 


पालुङ वितरण केन्द्र अन्तर्गत सबै लाईन नाङगो तारमा हुँदा अधिकांश लाईन आएको क्षेत्र वन क्षेत्र भएकाले रुख तथा हाँगाविगाले छुदा समेत र सामान्य पानी तथा हावाहुरीमा लाईन जाने समस्या रहेको भए पनि लाईन सुधार भए पछि उक्त समस्या कम भएकोे पालुङ प्राधिकरणका प्रमुख बिरमान रास्कोटीले बताउनु भयो । 
कालो तार अपग्रेडिङ्ग गरे पछि विगतका वर्षहरु भन्दा लाईन ट्रिपिङ्गको समस्यामा निकै कम भईसकेको र भोल्जेज पनि सुधार भएको साथै एक मात्र फिडर हुँदा भईरहेको समस्या मार्खुमा स्विचिङ्ग स्टेश बनाई  मार्खु पालुङ छुट्टै फिडर तानिएका कारण लाईन जाने समस्या न्युनिकरण भएको पनि प्रमुख रास्कोटीले बताउनु भयो । 

 


उत्तरी मकवानपुरमा वर्षाको समयमा ३/४ दिन सम्म लाईन नआउने समस्या थियो तर यस वर्ष प्राथमिकताका साथ हामी सुधारमा लागेका कारण ११ के.भि लाईनमा कालो तार हाल्न, कण्डक्टर अपग्रेडिङ्ग गर्न र मार्खु बाट पालुङ सम्म छुट्टै फिडर तानिएका कारण मार्खु चित्लाङ बज्रबाराही सम्म एक फिडर र दामन पालुङ आग्रा गोगने र्को फिडर तानिएको कारण पनि लाईन गईरहने समस्या कम भएको बताउदै अब बैकल्पिक फिडर बनिसकेकाले एउटामा समस्या आए पनि तत्काल अर्कोबाट विद्युत सप्लाई गर्न सकिने पनि प्रमुख रास्कोटीले बताउनु भयो । 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...