jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको अभाव, नगर प्रमुख विष्ट डाक्टर ल्याउन जुटे

palung-swathe-1568252450.png


मकवानपुरको थाहा नगरपालिका वडा नं. ४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा डाक्टरको अभाव भएको छ । 

स्वास्थ्य केन्द्र पालुङमा कार्यरत् डाक्टरहरु समायोजन भै अन्यत्र गएको र एकजना डाक्टरले अन्यत्र सरुवा हुन माग गरेपछि स्वास्थ्य केन्द्रमा  अहिले डाक्टर विहिन भएको हो । अहिले स्वासथ्य केन्द्रमा डाक्टरबाट हुने सेवा प्रवाह हुन सकेको छैन ।

१५ शैयाको अस्पतालका लागि प्रस्ताव गरिएको स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि व्यवस्थापन समितिले नगरपालिकालाई अनुरोध गरेको छ । स्वास्थ्य केन्द्रमा डाक्टर अभावभएपछि व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरी नगरपालिकामा माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष दीपक सिं लामाले बताएका छन  । अध्यक्ष लामाले भने–‘हाम्रो माग गर्ने निकाय भनेको नगरपालिका नै हो, मागेका छौं, हाम्रो तर्फबाट पनि डाक्टर ल्याउनका लागि परेका छौं ।’

नगरपालिकाको एक मात्र स्वास्थ्य केन्द्रमा डाक्टर अभाव भएपछि नगर प्रमुख लवशेर विष्ट पनि डाक्टर ल्याउन जुटेका छन् । उनले  स्वास्थ्य केन्द्रमा डाक्टर नभएको र समस्या भएको स्वासथ्य मन्त्रालयसम्म जानकारी गराइसकेको बताए । उनले भने–‘नागरिकको उपचारको लागि हामी लागि परेका छौं, छिट्टै डाक्टर आउँछन् ।’ 

प्राथमिक स्वासथ्य केन्द्रमा एक डाक्टर सहित कार्यालय सहयोगी समेत गरी १२ जनाको दरबन्दी रहेको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...