Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङ जेसीज बर्ष २०२४ तालिम बर्ष हुनेछ : निरज रायमाझी

FB_IMG_1703574254371-1703738622.jpg

पालुङ जेसीज बर्ष २०२४का लागि अध्यक्ष पदका उम्मेदवार निरज रायमाझीले बर्ष २०२४ तालिम बर्ष हुने बताउनुभएको छ । रायमाझीले तालिमले युवाहरुमा सिपसंगै क्षमताको पनि बिकास हुने बताउनुभयो ।

बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार रायमाझीले जेसीज नेतृत्व बिकासको लागि महत्त्वपूर्ण प्लेटफर्म भएकोले बर्ष २०२४मा बिभिन्न सामाजिक गतिविधिहरु संचालन गरिने बताउनुभयो ।

कार्ययोजनामा बर्ष २०२४मा विपत व्यवस्थापन काेष निर्माण गर्ने, जेसीज क्यालेन्डर प्रकाशन गर्ने, वित्तीय साक्षरता कार्यक्रम, विमा समबन्धी तालिम कार्यक्रम संचालन गरिने उल्लेख छ ।
त्यस्तै जेसीज स्वस्थ्य शिविर, जेसिआई सिनेटरसिप लिन प्रेरित गर्ने, सदस्यता लिन इच्छुक युवाहरूलाई तालिम मार्फत सदस्यता प्रदान गर्ने, पूर्व अध्यक्ष फेलाेसिप कार्यक्रम, जेसीज कप व्याटमिन्टन प्रतियोगिता संचालन गर्नुका साथै थाहानगरका सबै वडामा जेसीज अभियान अन्तरगत विविध कार्यक्रम संचालन गरिने उल्लेख छ ।

थाहा नगरको र पालुङ जेसीजको पहिचानको लागि थाहा नगर प्रबेश गर्ने सबै सिमानामा थाहा नगरको परिचय सहितको नक्सा सहित बाेर्ड राख्ने साथै युवालाई आत्मनिर्भर बनाउन उद्यमशिलताको लागि ब्यवसाय प्रबर्द्धन सहित कार्यक्रम रहेको कार्ययोजनामा उल्लेख छ ।

रायमाझी सन् २०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका रायमाझी २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिव को जिम्मेवारी सम्हालि सक्नुभएको छ ।
हाल बर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका रायमाझी एक वर्ष, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार आफुले अध्यक्ष पदमा उमेद्वारी दिएको बताउनुहुन्छ ।

जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका बिभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज बर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट बर्ष बनाउने बताउनुभयो ।
वर्ष २०२३को लागि अध्यक्ष पदमा उमेद्वारी दिएका रायमाझीले सहमति र सहकार्यको अवधारणालाई आत्मसाथ गर्दै वर्तमान अध्यक्ष संगम कार्कीलाई समर्थन गरेका थिए ।

Paisa_Firta_FCM_size_1440-1703742215.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg