pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजले “नैतिक शिक्षा आजको आवश्यकता” विषयक विशेष प्रशिक्षण दिने

FB_IMG_1755611805341-1755611919.jpg

मकवानपुर, थाहा नगरपालिका – पालुङ जेसीजले सुन्दर भविष्य निर्माणका लागि “नैतिक शिक्षा आजको आवश्यकता” विषयक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
‎थाहा नगरपालिका–३ स्थित जेसीज मार्गको सभाहलमा भाद्र ९ गते  सोमबार बिहान ११:०० बजे कार्यक्रम गर्ने भएको हो।
‎ कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा प्रेरणादायी वक्ता रमन भट्टराईले प्रशिक्षण दिने छन।

‎२५ वर्षभन्दा बढी अनुभवसहित जीवनशैली विज्ञका रूपमा परिचित भट्टराईले नेपाल तथा विश्वभर एक लाखभन्दा बढी विद्यार्थी, शिक्षक, कार्यकारी र नीतिनिर्माताहरुलाई नेतृत्व, सञ्चार, टोली निर्माण, सचेतना, तनाव व्यवस्थापन र सकारात्मक सोचबारे प्रशिक्षण प्रदान गर्नुभएको छ। उहाँले WHO, UNDP, WWF, नेपाल सेना, वर्ल्ड भिजन, राष्ट्रिय खेल टोलीहरू लगायत ५०० भन्दा बढी प्रतिष्ठित संस्थासँग कार्यक्रम सञ्चालन गरिसक्नुभएको छ।

‎चारवटा प्रेरणादायी पुस्तकका लेखकसमेत रहेका भट्टराई “Yes I Can, Together We Can” भन्ने लोकप्रिय कार्यक्रमका प्रवर्तक हुनुहुन्छ। साथै, वातावरण संरक्षणको क्षेत्रमा सक्रिय आवाज रहनु भएका उहाँले नैतिक शिक्षाले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै युवालाई सकारात्मक सोच र सशक्त नेतृत्वमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा आयोजकको रहेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...