himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङ जेसीजको २६औँ पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न, युवाको नेतृत्व विकासमा सहकार्य गर्न नगरपालिका तयार : उपप्रमुख गोपाली

FB_IMG_1770717081031-1770717114.jpg

पालुङ जेसीजको २६औँ पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। थाहा नगरपालिकास्थित जेसीज हलमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख गोपालीले युवाहरू नै राष्ट्र र समाजको भविष्य भएको उल्लेख गर्दै युवाको नेतृत्व क्षमता विकासमा पालुङ जेसीजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले नेतृत्व, सीप, सामाजिक उत्तरदायित्व र सकारात्मक सोच विकासमा जेसीजजस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै थाहा नगरपालिका सधैं युवामैत्री कार्यक्रम र गतिविधिमा सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो। “युवाहरू सक्षम भए मात्र स्थानीय सरकार, समाज र देश बलियो बन्छ,” उहाँले भन्नुभयो, “युवाको नेतृत्व विकासका लागि जेसीजसँग समन्वय र सहकार्य गर्न नगरपालिका सदैव तत्पर छ।”
कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष सन्जय गोपालीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गर्नुभएको थियो। साथै, कार्यक्रमकै अवसरमा वर्ष २०२५ मा पालुङ जेसीजका पदाधिकारीहरू तथा संस्थालाई सहयोग पुर्‍याउने विभिन्न संघ–संस्थाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
पदस्थापन समारोहअन्तर्गत वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष सन्जय गोपालीलाई वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो भने वर्ष २०२६ का सम्पूर्ण पदाधिकारीहरूलाई निर्वाचित अध्यक्ष गोपालीले सपथग्रहण गराउनुभएको थियो।
पालुङ जेसीजको साधारण सभाबाट वर्ष २०२६ का लागि अध्यक्षमा सन्जय गोपाली चयन भएका थिए। यसैगरी उपाध्यक्षमा बिश्वराम पौडेल, नविना बिष्ट, कमल बिष्ट र राधाकृष्ण लामिछाने चयन भएका छन्। कार्यकारी उपाध्यक्षमा अजय कार्की र प्रकाश चन्द ठकुरी चयन भएका हुन्। त्यस्तै, अध्यक्ष गोपालीले महासचिवमा अन्जय प्रधान र कोषाध्यक्षमा उद्दव बिडारीलाई मनोनित गर्नुभएको छ।
कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, मकवानपुर गढी जेसीजका अध्यक्ष इरोन न्यौपाने, चैनपुर जेसीजका अध्यक्ष आशिष बास्तोला, बसमाडी जेसीजका अध्यक्ष दिपेन्द्र यादव, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरू खडग गोपाली, सानोभाइ कार्की लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय आतिथ्यता रहेको थियो।

FB_IMG_1770717096225-1770717115.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg