Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङ जेसीजको २४ औं पदस्थापना कार्यक्रम सम्पन्न

419480360_129806373754979-1705417984.jpg

. थाहानगर, २ माघ/पालुङ जेसीजको २४ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बिष्टले युवाहरुको नेतृत्व क्षमताको बिकासका लागि जेसीजसंग समन्वय र सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो । कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीलाई पदभार हस्तान्तरण गरेका हुन् । कार्यक्रम कै अवसरमा बर्ष २०२३ मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघ संस्थाहरुलाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो । यसैगरी पदस्थापन कै क्रममा बर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष निरज रायमाझीलाई बर्ष २०२३का अध्यक्ष संगम कार्कीले र बर्ष २०२४को पदाधिकारीहरुलाई निर्वाचित अध्यक्ष रायमाझीले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो । पालुङ जेसीजको पौष १४ गते सम्पन्न साधारणसभामा बर्ष २०२४को लागि अध्यक्ष रायमाझी संगै कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ, मान सिं दोङ र उपाध्यक्षमा स्मिता बिष्ट, बिस्मिता गोपाली, बिराज थापा, नारायण कार्की निर्वाचित भएका थिए । बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बर्ष २०२४ लाई सफल बनाउने प्रतिबद्धता सहित पालुङ जेसीजको बिधान अनुसार कानुनी सल्लाहकारमा सुबिन्द्रमान प्रधान, महासचिवमा बिक्रम गोपाली, कोषाध्यक्षमा संजय गोपाली, जनसम्पर्क अधिकारीमा शुसान्त गोपाली, शाखा सम्पादकमा अन्जय प्रधानलाई मनोनित गरेकाछन् । त्यस्तै बर्ष २०२४ को तालिम आयुक्तमा अजित कार्की, प्रकरण निर्देशकमा प्रकाश बहादुर चन्द, सचिबमा रोशनी गोपाली र सहकोषाध्यक्षमा अजय कार्कीलाई मनोनित गरेकाछन । अध्यक्ष रायमाझीले बर्ष २०२४ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएको अवस्थामा आफुले सार्वजनिक गरेको कार्यक्रमहरुलाई कार्यान्वयन गरी सन् २०२४ लाई उत्कृष्ठ बर्ष बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । पदस्थापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कबिराज खत्री,  हेटौंडा जेसीज बर्ष २०२४का अध्यक्ष बिकेशलाल श्रेष्ठ, चैनपुर जेसीज बर्ष २०२३ का अध्यक्ष गणेश दर्पण अधिकारी, पालुङ जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आथित्यता रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg