pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजको २३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

jc1-1674224358.jpg

थाहानगर/६ माघ पालुङ जेसीजको २३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह शुक्रबार जेसीज हलमा सम्पन्न भएको छ । वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको समरोहमा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु विष्टले जेसीजले गर्ने हरेक सामाजिक क्रियाकलापमा नगरपालिकाले सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।

नगर प्रमुख विष्टले थाहानगरको युवाहरुको वृद्धि विकासका निमित्त पनि जेसीज अभिन्न अङ्ग बनेको बताउनु भयो ।साथै वहाँले पालुङ जेसीज हलको उचित व्यवस्थापन तथा आवश्यक पुर्वाधारको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। वर्ष २०२३ का लागि निर्वाचित संगम कार्की लगायत सम्पूर्ण पदाधिकारीहरु पदस्थापन भएका हुन् ।

जेसीजको विधि अनुसार वर्ष २०२१ का निवर्तमान अध्यक्ष नवराज लामा पूर्व अध्यक्ष क्लवमा, वर्ष २०२२ का अध्यक्ष जयराम खत्री निवर्तमान अध्यक्ष र कार्की अध्यक्षको कुर्चीमा पदस्थापित भएका हुन् । पदस्थापित पदाधिकारीहरुलाई सपथ गराउदै पदीय प्रमाणपत्रहरु प्रदान गरिएको थियो । वर्ष २०२२का अध्यक्ष जयराम खत्रीले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेका पदाधिकारीहरु, पूर्व अध्यक्षलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।  पदस्थापित अध्यक्ष संगम कार्कीले अध्यक्षको स्वीकारोक्ति मन्तव्य राख्दै आफ्नो कार्यकालको लागि नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भयो ।

अध्यक्ष कार्कीले प्रस्तुत कार्यक्रमहरु सम्पन्न गर्न आर्थिक संयोजकमा पशुपति बिष्ट ,मनोरञ्जन संयोजक श्रीकृष्ण श्रेष्ठ ,कुमार रायमाझी हाजिरजबाफ संयोजक,स्वास्थ्य संयोजक बिकेस गोपाली,ओराटरी संयोजक बिकेसबाबु बस्नेत,नम्रता गोपाली महिला ससक्तिकरण संयोजक,स्कुल संयोजक बिक्रम श्रेष्ठ ,भरत रत्न छात्रवृत्ति संयोजक हरिचन्द्र कार्की ,खेलकुद संयोजक इसाक केसी,फेलोसिप संयोजक गणेश बिष्ट ,सदस्यता बिस्तार संयोजक रविन केसी खत्री,यातायात संयोजक शिवशंकर चौधरी ,शोभित बस्नेत रास्ट्रीय महाधिवेशन संयोजक,सचिव नारायण तामाङ ,सह कोषाध्यक्ष स्मिता बिष्ट ,भुमिराज अवस्थी अध्यक्ष सल्लाहकार ,बर्ष कार्यक्रम संयोजक माना सिंह दोङ, तालिम संयोजक अनिता बिष्ट ,सुसान्त गोपाली प्रकरण निर्देशक ,जनसम्पर्क अधिकारी बिक्रम गोपाली,सुबिन्द्रमान प्रधान शाखासम्पादक ,कोषाध्यक्ष माधव कार्की ,महासचिव संजय गोपाली,निरज रायमाझी कानुनी सल्लाहकार ,प्रमुख सल्लाहकार पुर्शोत्तम ढकाल,आर्थिक सल्लाहकार खड्गबहादुर गोपाली,अन्तर कार्यालय समन्वय समिती सल्लाहकार संयोजक सानोभाइ कार्की,योजना तर्जुमा सल्लाहकार सुरेन्द्रमान प्रधान,नेपाल जेसीज कार्यक्रम सल्लाहकार संयोजक शिवकुमार खत्री , लगायत पुर्व अध्यक्ष हरुलाइ विभिन्न जिम्मेवारी दिइएको छ।

कार्यक्रममा थाहानगरका उपप्रमुख भरत गोपाली,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशी,हेटौंडा जेसीजका अध्यक्ष श्रवण कुमार वर्तौलाले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।  पद हस्तान्तरण समारोहमा मकवानपुर गढी जेसिजका अध्यक्ष सुवास अधिकारी,चैनपुर जेसिजका अध्यक्ष गणेश दर्पण अधिकारी,हेटौंडा जेसिजका महासचिव विबेकानन्द न्यौपाने ,जेसि आइ बस्तिपुरका अध्यक्ष प्रेम बहादुर गोम्बा ,बस्तिपुर जेसिज बर्ष २०२२ का अध्यक्ष अमृत पाठक,माओवादी केन्द्र थाहा नगर सचिब लक्ष्मण बिष्ट ,समाजसेवी बिमलकुमार ढकाल लगायत पुर्व अध्यक्ष हरु,नगर भित्रका संघसंस्था हरुको प्रमुख तथा प्रतिनिधित्व गर्नेहरुको उपस्तिथि रहेको थियो।

 

 

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...