Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन,नगर भित्र विभिन्न योगदान दिएकालाई सम्मान

FB_IMG_1732983573712-1732983827.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको आज औपचारिक समापन गरिएको छ।
पालुङ जेसीजको सभाहलमा १५ मंसिर शनिबार एक भव्य समारोहको बिच जेसीज सप्ताहको समापन गरिएको हो।
पालुङ जेसीजको अध्यक्ष निरज जंग रायमाझीको अध्यक्षता तथा सरकारका प्रमुख सचेतक समेत रहेका मकवानपुर क्षेत्र न २ का सांसद महेश कुमार वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी वर्तौलाले जेसीजले नेतृत्व बिकासको काममा योगदान पुर्याएको बताउदै आफू कानुन निर्माण गर्ने स्थानमा भएको हुँदा सोही बिषयमा युवाहरुले सुझाव दिनुपर्ने बताए।
उनले जेसीज युवाहरुको साझा संस्था भएकोले जेसीजको बिकासको निम्ति आफू तयार रहेको बताए।
कार्यक्रममा जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक मानसिं दोङले स्वागत गर्दै हप्ताभर गरिएको कार्यक्रमको प्रगती विवरण प्रस्तुत गरे।
कार्यक्रममा थाहा नगरपालिका भित्र रहेर विभिन्न योगदान दिएका व्यक्तीहरुलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा स्वास्थ्य तर्फ २०४६ साल देखि निरन्तर महिला स्वयंसेविकाको रुपमा सेवा दिदै आइरहेकी थाहा ३ का मधुमाया भुजेल र थाहा १ की सुनमाया गोपाली लाई सम्मान गरियो भने शिक्षा तर्फ पालुङ जेसीज बर्ष २००७ का अध्यक्ष समेत रहेका भख्खर सेवा बाट अवकाश लिएका शिक्षक कृष्णमान श्रेष्ठ लाई सम्मान गरियो भने कृषि तर्फ थाहा ६ बज्रवाराहीका तेज बहादुर उप्रेती र थाहा ३ का बिकेश गोपालीलाई सम्मानित गरियो।तेसैगरी पर्यटन तर्फ दामनका शिवकुमार खत्री र चित्लाङका असोक सिं ठकुरी लाई सम्मानित गरियो।
खेलकुद तर्फ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक बिजेता खेलाडिहरु सुस्मिता दोङ,आशा तामाङ र प्रमिला थोकरलाई सम्मानित गरियो।
सम्मानित र सप्ताहव्यापी कार्यक्रममा बिजयी प्रतियोगी हरुलाइ प्रमुख अतिथी वर्तौलाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष राजाराम गौतम,पुर्व अध्यक्ष सुरेन्द्रमान प्रधान,माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्ट,पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल,हेटौंडा जेसीजका अध्यक्ष विकेश लाल श्रेष्ठ,मकवानपुर गढी जेसीजका अध्यक्ष बिजय पुडासैनीले शुभकामना दिएका थिए।
कार्यक्रममा थाहा नगरपालिकाका पुर्व नगर उपप्रमुख खड्गबहादुर गोपाली, सिमरा जेसीजका अध्यक्ष लक्की रिमाल,पालुङ जेसीजका पुर्व अध्यक्षहरु,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,थाहा नगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझी,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,वडा न ७ का वडा अध्यक्ष शिवराज थिङ,बस्तिपुर जेसीजका अध्यक्ष अमृत पाठक,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,लगायत थाहा नगरपालिकाका शाखा प्रमुख हरु,राजनैतिक दलका प्रतिनिधिहरु,बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
पालुङ जेसीजका महासचिव बिक्रम गोपालीले संचालन गरेको कार्यक्रम शाखा सम्पादक अन्जय प्रधानको संयोजकत्वमा भएको थियो।

FB_IMG_1732983583765-1732983828.jpg
FB_IMG_1732983592418-1732983847.jpg
FB_IMG_1732983606899-1732983847.jpg
FB_IMG_1732983620132-1732983864.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...