pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजको जेसीज सप्ताह उद्घाटन,के के छ सप्ताहव्यापी कार्यक्रम ?

1732289780917-1732289800.jpg

पालुङ जेसीज बर्ष २०२४ को जेसीज सप्ताहको उद्घाटन भएको छ ।
शुक्रबार थाहा नगरपालिका वडा नं. २ को ऐतिहासिक पालुङगढीमा एक कार्यक्रमबिच जेसीज सप्ताह कार्यक्रम उद्घाटन गरिएको छ ।

पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएका कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तानको बिशेष आतिथ्यता रहेको थियो ।


उद्घाटन कार्यक्रममा जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिंदोङले सप्ताह अन्तरगत हुने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

जेसीज सप्ताह अतरगत मङ्सिर ९ गतेदेखि १४ गतेसम्म बिभिन्न ७ वटा कार्यक्रमको आयोजना गर्न लागिएको छ । मङ्सिर ९ गते विराज थापाको संयोजकत्वमा जनकल्याण माबि पालुङमा लक्ष्य निर्धारण तालिम कार्यक्रम गरिने छ ।
यसैगरी १० गते विश्वनाथ रायमाझीको संयोजकत्वमा प्रदिप जेसीज दौड प्रतियोगिता, ११ गते अजय कार्कीको संयोजकमा न्यानो कपडा वितरण कार्यक्रम, १२ गते रोशनी गोपालीको संयोजकमा पालुङ जेसीजको यस बर्षको प्रकरणमा आधारित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, १३ गते रचना बस्नेतको संयोजकत्वमा ऋषेश्वर प्राबि दामनका बिद्यार्थीहरुलाई भरत–रत्न छात्रवृत्ति कार्यक्रम र १४ गते श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा मैत्रीपूर्ण जेसीज कप फुटबल प्रतियोगिता ईन्द्रायणीचौरमा हुनेछ ।

त्यस्तै १५ गते अञ्जय प्रधानको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रमको समापनका साथै सम्मान तथा पुरस्कार वितरण कार्यक्रम जेसीज सभाहलमा गरिनेछ ।

उद्घाटन कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सानोभाइ कार्की, मनोज रायमाझी निवर्तमान अध्यक्ष संगम कार्की, २०२४ का बोर्ड पदाधिकारीहरु, कार्यक्रम संयोजकहरु, सदस्यहरुको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...