pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजको एकैदिन दुई कार्यक्रम

FB_IMG_1688140576898-1688141565.jpg

थाहा नगर, १५ असार/थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीजले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीजको आयोजनामा स्थानीय उत्पादनहरुको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

जेसीजले शुक्रबार बिहान थाहा नगरपालिका वडा नं. ३ मा क्रियाशिल नमूना लघुउद्यमी महिला समूहको समन्वयमा स्थानीय महिलाहरुले उत्पादन गरेका अचार लगायतका उत्पादनहरुको बजार प्रबर्द्धन गर्नमा सहकार्यको लागि समन्वय गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 
जेसीजले स्थानीय क्षेत्रमा उत्पादन भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको देशको बिभिन्न भागमा प्रचार प्रसार गरी प्रबर्द्धन गर्नको लागि आवश्यक तयारी गरेको पालुङ जेसीज बर्ष २०२३का कानुनी सल्लाहकार निरज रायमाझीले बताउनुभयो ।

थाहा नगरमा उत्पादन भएका भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको जेसीजले आफ्नो कार्यक्रमहरुमा थाहा नगरको चिनो स्वरुप र देशका बिभिन्न क्षेत्रमा बजारिकरणको लागि पहल गर्नको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३का अध्यक्ष संगम कार्कीले बताउनुभयो । 

पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजित कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष संगम कार्कीको माता दुर्गादेबी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । 
अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिका वडा नं. ३ की वडा सदस्य एवं कार्यपालिका सदस्य पबित्रा ठकुरी कार्की, महिला समूहकी अध्यक्ष शान्ति तामाङ पालुङ जेसीज बर्ष २०२३ का कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, अन्जय प्रधान लगायत समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।

यसैगरी शुक्रबार दिउँसो थाहा नगरपालिका वडा नं. ३ मा रहेको सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

थाहा नगरपालिका वडा नं. १ मा रहेको संकल्प पोलिक्लिनिक र विङ युथ संस्थाको सहकार्यमा केन्द्रका २५ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिनुका साथै स्वास्थ परामर्श दिईएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताउनुभयो ।

स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यतामा भएके थियो ।

पालुङ जेसीजका  फेलाेसिप संयाेजक गणेश बिष्टको संयोजकत्वमा भएको कार्यक्रममा समाजसेवी भरत पराजुली, पालुङ जेसीजका निबर्तमान अध्यक्ष जयराम केसी, कानुनी सल्लाहकार निरज रायमाझी, कोषाध्यक्ष माधव कार्की,  तालिम आयुक्त अनिता बिष्ट लगायत बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा सम्पन्न दुबै कार्यक्रमको सञ्चालन महासचिव सञ्जय गोपालीले गनुभएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...