Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङ जेसिज बर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित

FB_IMG_1703953952722-1703954073.jpg

जेसीआई पालुङको वर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् । शनिबार राती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी माधव कार्की लाई ४२मतले पराजित गर्दै रायमाझी  अध्यक्षमा निर्वाचित भएका हुन् ।

रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत प्राप्त गरे ।
जम्मा ९२ मत खसेकोमा ४ मत बदर भएको निर्वाचन अधिकृत जयराम खत्रीले जानकारी दिए।

पालुङ शाखामा कुल मतदाता १ सय ७ रहेका थिए । नवनिर्वाचित अध्यक्ष रायमाझी सन् २०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेकोमा २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिवको जिम्मेवारी सम्हाली सकेका छन् । उनी वर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका थिए । जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका विभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज बर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट वर्ष बनाउने बताउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै पालुङ जेसिजको कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ र मान सिं दोङको निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपाली निर्वाचित भएको निर्वाचन आयुक्त खत्रीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष तथा पदाअधिकारीहरुलाई पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालसहित पूर्व अध्यक्ष तथा सदस्यहरुले बधाई दिएका छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg