himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङ क्याम्पसको नवनिर्वाचित संचालक समितिको पहिलो बैंठक सम्पन्न,के के भयो निर्णय ?

FB_IMG_1676988349405-1676988362.jpg

पालुङ बहुमुखी क्याम्पसको २० औँ वार्षिकोत्सव  तथा परिषद सदस्य भेलाबाट  गत फाल्गुन ५ गते सर्वसम्मत चयन हुनुभएका पदाधिकारीहरुको पहिलो सञ्चालक समिति बैठक  फागुन ९ मंगलबार सम्पन्न भएको छ । 
 बैठकले क्याम्पसको विधान बमोजिम सल्लाहकारमा  थाहा नगरपालिकामा रहेको प्रमुख ५ दलका अध्यक्ष तथा प्रमुख व्यक्तिहरुलाई तथा निर्वमान अध्यक्ष सहितको ६ जनालाई यस क्याम्पसको सल्लाहकारमा नियुक्ति गर्ने निर्णय समेत पारित गरेको छ।
तेसैगरी बैठकले  उपाध्यक्षमा सुरेन्द्रमान प्रधान र कोषाध्यक्षमा विमलकुमार ढकाललाई सर्वसम्मत चयन गरेको सदस्य सचिब तथा क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिनुभएको छ।
 बैठकद्वारा ७ सदस्यीय सचिवालय समिति गठन गरेको छ, जसमा अध्यक्ष विष्णु  विष्ट,उपाध्यक्ष सुरेन्द्रमान प्रधान ,सदस्य सचिव राजन मिश्र,कोषाध्यक्ष  विमलकुमार ढकाल र सदस्यहरुमा सुर्दशन कार्की,केदार कार्की र सगुन कुमार ढकाल चयन गरियो ।
बैठकले उपसमिति गठन गर्दै तेस्को संयोजक समेत तोकेको छ ,जसअनुसार  भौतिक निर्माण समिति को संयोजक मनोज अधिकारी ,सदस्य केदार कार्की र सगुनकुमार ढकाल चयन गरियो । 
बैठकले क्याम्पसको विधान बमोजिमका पदेन सदस्यहरुमा थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष,वडा नं ३ का वडा अध्यक्ष, यस क्याम्पसका प्राध्यापक ईकाइका अध्यक्ष,स्व.वि.यु.का सभापति,त्रि.वि.का प्रतिनिधि , लाई पदेन सदस्य रहेको जानकारी गराउनुका साथै स्रोत मा.वि.का अध्यक्षहरु मध्ये एक जना र थाहा नगरमा रहेका सहकारी संस्थाका अध्यक्षहरु मध्ये एक जना गरि जम्मा २ जना पदेन सदस्य चयन प्रक्रियाको लागि चैत्र ४ गते क्याम्पसमा सहकारी तथा मा.वि. का अध्यक्षहरुको भेला गरि अन्तरक्रिया तथा छलफल मार्फत चयन गरिने सर्वसम्मत निर्णय गरियो ।

 २० औ परिषद भेला सभ्य र भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री,थाहा नगरपालिकाका उपप्रमुख,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,वडा अध्यक्षहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,अभिभावक, प्राध्यापक तथा कर्मचारी,पुर्व विद्यार्थी तथा विद्यार्थी,शिक्षा प्रेमी तथा  क्याम्पसलाई माया गर्ने व्यत्ति तथा व्यक्तित्वहरु शुभचिन्तक विषेश धन्यवाद ज्ञापन गरेको सदस्य सचिव मिश्रले बताउनुभयो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg